Friday, 17 June 2016

प्रहरीलाई अर्को सफलता वीरगञ्जबाट नौ नक्कली चिकित्सक पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले नक्कली प्रमाणपत्र भएको आरोपमा नौजना चिकित्सकलाई पक्राउ गरेको छ ।
वीरगञ्जका सरकारी, अस्पताल र निजी क्लिनिक तथा अस्पतालमा काम गर्ने नौ चिकित्सिकलाई सिआईबीको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्ने चिकत्सिकमा डा. दिनेश शाह, डा.सरोज सिंह, डा. कुसरजा गिरी, डा. अरुणकुमार गुप्ता, डा. पन्नालाल पट्टेल, डा. महम्मद रहुल्ला, डा. निमेश रामनपाल, डा. इर्सादूल हक रहेका छन् । अर्का एक चिकित्सकको भने नाम खुलेको छैन ।

पक्राउ गरेर चिकित्सकलाई केही समय पर्सा जिल्ला प्रहरी कार्यालयमा राखेर सिआईबीले काठमाडौँ लगेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us