काठमाडौं, ६ असार । एकै बसमा ठूलो विष्पोठ भयो । १४ जनाले ज्यान गुमाए । केहीलाई भाग्यले बचायो । अफ्गानस्तानमा आतंककारीको आत्मघाति हमलामा परि भाग्यले बाँचेका व्यक्ति हुन् अमृत क्षेत्री रोकाय ।
सोमबार विहानै क्यानेडियन राजदूतावासमा आफ्नो ड्युटी पुरा गर्न निस्केका उनीहरु भन्दा अगाडी एउटा गाडि थियो ।
उक्त गाडी क्रस भएलगत्तै उनीहरुको गाडीमा विष्पोठ भयो । यात्रु बनेर आएका उक्त संदिग्ध व्यक्ति आत्मघाति आक्रमणकारी थिए । अमृतका अन्य १४ जना साथीहरुको मृत्यु भईसकेको छ । अमृत भने अस्पतालमा छन् । ‘धेरै मान्छेहरु मरे,’ टाउकोमा ब्यान्डेज गरिएको अवस्थामा क्षेत्रीले एसोसियट प्रेससँग भने, ‘म परिवारलाई भन्छु, म ठीक छु घर आउँन चाहान्छु ।’
तस्बिर : एपी