अफगानिस्तान, अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानमा सोमबार भएको एक बम विस्फोटनमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयाअनुसार सोमबार बिहान ९ः३० मा भएको यस विस्फोटनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रारम्भिक समाचारमा जनाइएको प्रान्तीय गभर्नर नविद फ्रोउतानले बताउनुभएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यो विस्फोट शक्तिशाली भएको हुनाले यसमा परी ज्यान गुमाउने व्यक्तिको सङ्खया अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
अफगानिस्तानमा एकै दिनमा भएको यो तेस्रो विस्फोट हो । यसअघि अफगानिस्तानको राजधानी काबुलमा स्थानीय समयाअनुसार सोमबार बिहान ५ः४० मा एक मिनीबसमा भएको आतङ्ककारी आक्रमणमा १४ नेपाली नागरिक मारिएका थिए । रासस÷सिन्ह्वा