Sunday, 19 June 2016

रेडबुलमा भेटियो ‘किरा’ !

धरान, ५ असार । तपाईंले ईनर्जी ड्रिङ्स सेवन गर्ने गर्नुभएको छ ? गर्नुभएको छ भने होसियार ! निकै चर्चा परिचर्चा हुने गरेको रेडबुल नामक इनर्जी ड्रिङ्समा किरा भेटिएको छ । चिकित्सकले समेत उक्त रेडबुललाई फाईदा नगर्ने वस्तुको रुपमा परिभाषित गरिरहेको बेला यस्तो ‘अखाद्य बस्तु भेटिएको हो ।
अन्तराष्ट्रिय ब्राण्डको इनर्जी डिङ्क्स रेडबुलको क्यानमा किरा भेटिएको हो ।

धरान–१५ स्थित सावित्री खाजा घरमा नामक पसलमा यस्तो भेटिएको हो । खाजा घरकी सञ्चालक सावित्रा राई समेत अचम्ममा परेकी छिन् । उपभोक्ता पदम खेवाहाङ्गले शनिबार एउटा क्यान रेडबुलमा किरा भेटेका हुन् । फ्रिजबाट निकालेकाले चिसो रेडबुललाई गिलासमा खन्याए । ‘गिलासमा खन्याएर खाउँ भन्दा त चोक्टाजस्तो चीज पो झर्‍यो,’ उनले भने,‘ यसो हेरेको त किरा र बदामजस्तो देखिने वस्तु भेटियो ।’ नेपालमा पाईने रेडबुल थाईल्याण्डमा उत्पादन हुने गर्छ । जसलाई राजधानीमा रहेको जिबी मार्केटिङ प्रालीले बजारमा विक्री गरिरहेको छ । किरा भेटिएको उक्त क्यानमा जिबी मार्केटिङ कम्पनिको नाम त उल्लेख त छ, तर कुनै सम्पर्क वा गुनासो गर्ने माध्यम भने छैन ।

त्यसो त नेपालका उपभोक्ता अधिकार कर्मिहरु उक्त रेडबुल नामक ईनर्जी ड्रिङ्क्स सेवन गर्न नहुने बताउँछन् । केही वर्षअघि एक संस्थाले गरेको अनुसन्धानमा २५ देखि ४५ प्रतिशत मात्रामा चिनीको प्रयोग भएको पाईएको थियो । जसमा भिटामिन बी सुघन्धको लागि प्रयोग भएको समेत निष्कर्श निकालिएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us