Saturday, 18 June 2016

७ महिनाकी हुंदा आमा गुमाएकी टुहुरी उनैले जितिन एसएलसीमा सबैलाई

को हुन समीक्षा ?

उनी नाबालकमै आमा गुमाएकी,, मध्यम परिवारमा जन्मीएकी हुन् । समीक्षा ७ महिनाकी हुंदा पाल्पाको बाटुले पोखरामा भएको बस दुर्घटनामा परेर आमा गीताको मृत्यु भएको थियो । २०५५ जेठ १५ गते पाल्पा छहराबाट बुटवल आउदै गरेको बस दुर्घटना हुंदा आफूभन्दा छोरीलाई जोगाउन उनले छोरीलाई झ्यालबाट बाहिर हाम फालिन् । भयो पनि त्यस्तै । उपचार गर्दै गर्दा उनको मृत्यु भयो,छोरी बांचिन् ।

यी सबै घटनाबाट परिचित बिद्यालयका प्रमुख शैक्षिक सल्लाहकार कृष्ण पंगेनी भन्छन्, तर उनले बांकी परिवार र बिद्यालयको प्रेरणाले यो सफलता चुमिन ।

आमा मरेर बचाएकी उनी हजुरआमा र कान्छी आमाको रेखदेखमा हुर्कीएकी थिइन् । बाबु तेजनारायण सुवेदीले कुखुरा फारम सञ्चालन गरेका छन् । ३ भाइबैनी मध्ये दिदी प्रतिक्षा बिविए अध्ययनरत छन् । भाइ आशिश सुवेदीले ए प्लस ल्याएर संगै एसएलसी उत्रीर्ण गरेका छन् । slc-top-2-768x320 उत्कृष्ठ समिक्षाले आफ्नो मेहनत, परिवारको सहयोग र गुरुहरुको प्रोत्साहनले उत्कृष्ठ अंक ल्याउन सकेको बताइन् । समय तालिका र विषय सुचि बनाएर पढ्ने, पढेको कुरालाई बेलाबेलामा दोहोराउने बानीले परीक्षामा पनि राम्रो लेख्न सकेको उनले बताइन् । समिक्षाले भनिन् ‘ घोक्नेमा होइन । जे कुरालाई पनि कसरी सिर्जनात्मक किसिमले प्रस्तुत गर्ने भन्नेमा जोड दिन्छु ।’

समिक्षाको डाक्टर बन्ने लक्ष्य छ । ‘डक्टर बनेर उपचार सेवामा रोग पालेर बसेकालाई उपचार गर्न चाहान्छु । ’ उनले भनिन् । विज्ञान विषय लिएर पढ्नेछिन् । उत्कृष्ठ अंक ल्याउनेहरु प्राय राजधानीमा पढ्न जान्छन् । यो चलन तोड्दै समिक्षाले भने रुपन्देहीकै उच्चमाविमा पढ्ने इच्छा देखाएकी छिन् । ‘घरपरिवारसंगै बसेर पढ्ने विचार छ ।’ समीक्षाले भनिन् ।

समिक्षा सानैदेखि मेहनति र लगनशील विद्यार्थी हुन् । पढाइसंगै उनी अनुशाशनमा सधै उत्कृष्ठ हुन्थीन् । अतिरीक्त क्रियाकलापमा पनि उनी अगाडि छिन् । ‘स्वअध्ययन बढी गर्ने, समय तालिका अनुसार काम गर्ने, सबैसित मीत्रवत व्यवहार गर्ने र सहयोगी उनका गुण हुन् ।’ विद्यालयका प्राध्यापक तिलक केसीले भने | -द लुम्बिनी रिभ्युबाट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us