Friday, 17 June 2016

जीवनमा खुशी हुनलाई यी उपायहरु अपनाऔँ

मानिसको जीवनको सबै भन्दा ठूलो उपलब्धिनेै खुशी हो ।सबै मानिसहरु आफनो जिन्दगी खुशीयाली रुपले जिउन चाहन्छन् । जहाँ तिनीहरु सधै खुशी रहन सकून् र कुनै दुःख परेशानी या चिन्ता तिनीहरुलाई छुन पनि नसकून् । तर सबैको जिन्दगीमा तनाव र परेशानीहरु हुन्छ नै । अब सोच्नु यो छ कि यी सबैलाई टाढा गरेर अन्तत खुशीयाली कसरी रहने हो ? मित्रहरु, आफनो जिन्दगीमा थोरै परिवर्तन गरेर तपाई पनि आफनो जिन्दगीलाई खुशीमय बनाउन सक्नुहुन्छ . खुशीयाली जिन्दगी कसले पो जीउन चाहदैन र ? जीवनमा हाँसीखुशीको माहौल कसले पो चाहदैन र ? हरेक व्यक्तिको जीन्दगीको चाहना हुन्छ कि हाँसीखुशी बाँचौं, खुशीयमय जिन्दगी जिऔं । तर सबैले आफनो जिन्दगीलाई खुशीयाली बनाउन सक्दैन ।

यदि जीउन चाहनुहुन्छ भने खुशीयाली जिन्दगी जिउनुहोस्ःयी उपायहरु जसले तपाईलाई जीवनमा खुशी दिलाउन मदत गर्न सक्छ । खुशी जीवन कसरी जिउने

१.सबैको लागी सद्भावना राख्ने ।

२.सँधै संम्यम् रहने र आफ्नो चरित्र राम्रो बनउँने ।

३.अरुको भलाईको लागी सँधै प्रयत्नशील रहने ।

४.अनावश्यक धेरै नबोल्ने आवश्यक परेको ठाउँमा मात्र बोल्ने ।

५.पैसा कमाउँनको लागी दोस्रो लाई अहित हुने काम नगर्ने ।

६.दैनिक बिहान उठेर पूजा पाठ गर्ने ।

७.समय र परिस्थिति अनुसार चल्नु पर्छ ।समस्यालाई नडराई सामधानको उपाय खोज्ने।

८.आफ्नो खुशीको लागि अरुको मन नदुखाउँने ।

९.मनमा त्यागको भावना राख्न सक्नु पर्छ ।

१०.समय अनुसार मौन रहन सक्नु पर्छ ः कसैले आफ्नो बारेमा नराम्रो कुरा गर्यो भने साझै प्रतिकार गर्नु भन्दा मौन रहेर समाधानको उपाय अपनाउँनु उत्तम हुन्छ ।

११.आफू प्रतिको कर्तव्य सँधै पालना गर्ने । १२.जस्तो दृःख लाई पनि मुस्कुराउँदै सामधान गर्न कोशिस गर्ने ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us