Friday, 17 June 2016

एसएलसीमा न्युन ग्रेड आएपछि सुनिताबाट आत्महत्या

बझाङः एसएलसी नतिजा आएले कतै खुसी कतै निराश बनाइरहेका बेला बझाङमा एक छात्राले झुन्डिएर आत्महत्या गरेकी छन् । एसएलसी नतिजामा ‘न्यून ग्रेड’ आएपछि निराश भएर पिपलकोट गाविस–१ घर भइ स्थानीय कन्या मावि बटुलसेरा बुङ्गलमा अध्ययनरत सुनिता भण्डारीले बिहीबार राति आत्महत्या गरेकी हुन् । ०७०२५२० जेड सिम्बोल नम्बर भएकी १७ वर्षीया भण्डारीले डी प्लस १ दशमलव ३० जिपीए ग्रेड ल्याएकी थिइन् ।
एसएलसीको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड आएको भन्दै निराश भएकी सुनिताले सोही राति गाँउ नजिकैको रुखमा झुन्डेर आत्महत्या गरेकी स्थानीय शिक्षक अक्कल कुँवरले बताए । पढाईमा अब्बल रहेकी सुनिता ग्रेड कम आएपछि मृत्यु रोज्न पुगेकी स्थानीयको भनाइ छ । बझाङका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सुनिताले एसएलसीमा ग्रेडकम आएको दुःखमा आत्महत्या गरेको खवर आएको बताए । शव पोष्टमाटमका लागि आज प्राथमिक स्वाथ्थ्य केन्द्र रायल ल्याइएको उनले जानकारी दिए । उक्त विद्यालयबाट ४६ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us