ईयुबाट बेलायत बाहिरिने पक्षमा जनमत संग्रहको नतिजा आए पछि बेलायती
प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा घोषणा गरेका छन्।
बिबिसीका अनुसार, इयु छोड्नुपर्ने पक्षमा जनमतसंग्रहको परिणाम आएपछि उनले
राजीनामा दिने घोषणा गरेका हुन्। जनमतसंग्रहको परिणाम आएपछि उनले आज गरेको
सम्बोधन अनुसार आउँदो अक्टोबरसम्ममा उनले आफ्नो पदबाट राजीनामा दिने छन्।
बिहिबार भएको जनमत संग्रहमा बेलायतले इयु छोड्नुपर्नेमा ५१ दशमलव ९ र
इयुमै रहनुपर्नेमा ४८ दशमलव १ प्रतिशत मत आएको छ। क्यामरुनको दल
कन्जरभेटिभ पार्टी उक्त मुद्दामा विभाजित छ। क्यामरुन भने इयुमै रहनुपर्ने
पक्षमा थिए।