Monday, 30 May 2016

शेष घलेका कारण ठमेलमा आतंक

काठमाडौं–भूकम्पले केही नभएका ठमेलका घरहरु अहिले धमाधम चर्किन थालेका छन् । एउटा मात्र होइा, दर्जनौं घरहरु बस्नै नहुने गरी चर्किन थालेपछि स्थानीयहरु आतंकित भएका छन् । अर्बपति व्यवसायी शेष घलेका कारण ठमेलमा यस्तो आतंक फैलिएको हो । उनले आठ अर्ब रुपैयाँको लगानीमा निर्माण गर्न लागेको शेराटान होटेल निर्माणको कारण आसपासका घरहरु भास्सिन थालेका हुन् । होटल निर्माणका लागि धेरै जमिन खनिएकाले आसपासका क्षेत्रमा यस्तो समस्या देखिएको हो । जसकारण घलेविरुद्व स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले महानरपालिकामा समेत उजुरी हालेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us