Sunday, 1 May 2016

बेलायतमा नेपाली छात्रा बनिन् उत्कृष्ट

बेलायतमा अध्ययनरत नेपाली छात्रा सृजना गौतमले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै दोश्रो स्थान हासिल गरेकी छन् ।

गत  जुनमा भएको एसीसीए प्रोफेशनल लेभलको  परीक्षामा सहभागी विश्वभरका २१ हजार ३ सय ७ जना बिद्यार्थीहरु मध्ये सृजना दोस्रो भएकी हुन् । उत्कृष्ट नतिजा हासिल गरेपछि उनले पदक र नगद पुरस्कारसमेत पाइसकेकी छन् ।

चितवन, भरतपुर उपमहानगरपालिका ६ लंकुकी स्थाई बासिन्दा सृजनाले ५ प्रोफेसनल लेभलको  पेपरमा ३७८ अंक प्राप्त गरेर दोश्रो सर्बोत्कृष्ट स्थान प्राप्त गरेकी हुन्  ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us