Friday, 6 May 2016

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण तत्कालका लागि रोकिएको छ। राष्ट्रपतिको भारत भ्रमण तत्कालका लागि स्थगित भएको  परराष्ट्र मन्त्रालयले शक्रबार बिहान जानकारी दिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपति  २७ बैशाखदेखि ५ दिने भ्रमणमा भारत जाने गरी परराष्ट्र र भारतीय बिदेश मन्त्रालयले तयारी गरिरहेका थिए । मन्त्रिपरिषद् बैठकले अनुमोदन नगरेको कारण दर्शाउँदै राष्ट्रपतिको भ्रमण रोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सो भ्रमणका लागि केही दिनदेखि तयारी तीब्र पारेका थिए। यसअघि राष्ट्रपति भण्डारीको भारतीय समकक्षी प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका शीर्ष राजनीतिक नेताहरुसँग भेट गर्ने र थप केही कार्यक्रममा भाग लिने राष्ट्रपति कार्यालयले जनाएको थियो।
राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा भारत जाने तय भएको थियो । परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको भ्रमण स्थगित भएकोबारेमा केही प्रतिक्रिया जनाएको छैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us