Sunday, 1 May 2016

चीनले शुरु गर्यो तिब्बतमा अहिलेसम्म कै ठुलो परियोजना, भारत खतरामा- मच्चियो हाहाकार

काठमाडौं, १९ वैशाख । चीनले तिब्बतमा आफ्नो सबैभन्दा ठूलो जलविद्युत परियोजनाको निर्माण सुरु गरेको छ ।

यसको लागत तीन अर्ब डलर भन्दा बढी हुनेछ र यहाँबाट उत्पादित विजुलीलाई देशको पूर्वी क्षेत्रमा आपूर्ति गरिनेछ जो आर्थिक उन्नत क्षेत्र हो ।


चीनको सरकारी मिडियालाई उद्धृत गर्दै भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको छ- तिब्बत र सिचुआन प्रान्तको बाटंग काउन्टी र तिब्बतको मंगकाम काउन्टीको बीचमा निर्माण भइरहेको जलविद्युत परियोजनाको क्षमता १.२ गीगावाट रहेको छ । र सन् २०२१ मा पुरा भइसकेपछि यो जलविद्यतु परियोजनाले वार्षिक ५४०० गीगावाट विजुली उत्पादन गर्न सक्नेछ ।
यसको डिजाइन क्षमता ब्रह्मपुत्र नदीस्थित झांगमू जलविद्युत संयन्त्रभन्दा दोब्बर ठूलो छ । जो तिब्बकै सबैभन्दा ठूलो जलविद्युत परियोजना हो । झांगमू जलविद्युत संयन्त्रलाई गत वर्षको अक्टुवरमा पुरा गरिएको थियो ।
भारतलाई खतरा
चीनले निर्माण कार्य सुरु गरेको यो जलविद्युत परियोजना बनिसकेपछि भारततिर बग्ने सबै पानी चीनमै विद्युतका रुपमा खपत हुनेछ । यसबाट भारतमा खडेरी पर्ने खतरा बढेको छ । यो भारतका लागि ठूलो चुनौति भएको र दिल्ली चिन्तित रहेको कुरा भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चीनले बनाउन लागेको अहिलेसम्मकै ठूलो ड्याम (जलाशय)को समाचारलाई भारतीय मिडियाले प्राथमिकताका साथ छापेका छन् ।



दैनिक नेपाल बाट साभार

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us