
नेपालबाट बाहिरिने अधिकांश महिला घरलु कामदारका रुपमा खाडी मुलुक पुग्ने गरेका छन् । गाउँघरबाट बाहरिरिने महिलाहरु अधिकांश विवाहिता नै हुने गरेका छन् ।
काखको बच्चा छाडेर वैदेशिक रोजगारीमा जाँदा धेरै सामाजिक समस्याहरु देखिन थालेको भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो । दूधे शिशुलाई छोडेर जाँदा घरपरिवारमा असमझदारी बढेर धेरै बालबालिका अलपत्र पर्ने र उचित स्याहार तथा संरक्षण नपाउने समस्या छ ।
सुत्केरी भएको दुई वर्षसम्म महिलाको शारिरीक अवस्था पनि कमजोर हुने भएकाले दूधे बच्चा छाडेर जान नदिने नीति सरकारले लिएको हो ।
‘अब आमाको स्याहार चाहिने बेलामा बच्चा छाडेर महिला विदेश जान सक्दैनन्,’ श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले भने, ‘महिलाको सुरक्षा र स्वास्थ्यका हिसावले पनि यो हुनैपर्छ ।’
रोजगार मन्त्रालयका अधिकारीहरुका अनुसार बच्चा नहुर्किँदै महिलाहरु वैदेशिक रोजगारीमा जाने क्रम रोक्न निर्देशिकामा यो व्यवस्था गरिएको बताउँछन् ।
‘पोषणका लागि आमाको दूधको महत्व ज्यादा हुने भएकाले वैदेशिक रोजगारीकै कारण भविष्यमा देखिन सक्ने दीर्घकालीन समस्या आउन नदिन यो प्रभावकारी हुने विश्वास गरिएको छ ।