लामो समयको खडेरीले आहात भएका नेपालीहरुले मंगलबारदेखि केही राहात पाउने भएका छन्
। मंगलबार साँझदेखि काठमाडौं उपत्यकासहित
मुलुकका पहाडी भेगमा हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले
जनाएको छ। महाशाखाका अनुसार बंगालको खाडीबाट जल वाष्पसहितको हावा आइरहेको र
पश्चिमी वायु पनि सक्रिय हुने भएकाले मंगलबार दिउँसो बादल लाग्ने र
साँझदेखि पानी पर्ने महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार मंगलबार र बुधबार मेघ
गर्जनसहित पानी पर्ने र बिहिबारदेखि मौसम सफा रहने छ । लामो समय खडेरी
परेका कारण कृषकहरुले खेलापाती गर्न पनि पाएका छैनन् भने गर्मीका कारण
विरामीहरुको चाप बढेको छ ।