Thursday, 14 April 2016

साउदी अरबमा नेपाली राजदूत शर्मामाथि दूतावासमै छुरा हानियो


साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि छुरा प्रहार भएको छ ।उनलाई राजदूतावासमै शरण लिइरहेका एक नेपाली युवकले कार्यकक्षमै छुरा प्रहार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूतावासमा शरण लिइरहेका एक नेपाली युवाले राजदूत शर्माको कार्यकक्षमै छुरा हानेर घाइते बनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

राजदूतावासमा शरण लिइराखेका एक नेपालीले उनीमाथि आक्रमण गरेको जानकारी पराराष्ट्र मन्त्रालयले दिएपनि आक्रमणमा संलग्नको नाम भने खुलाइएको छैन ।

छुरा लागेर घाइते भएका शर्माको साउदी अरबको किङ फैसल अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपचारपछि उनी खतरामुक्त रहेको जानकारी साउदी अरबको राजदूतावासबाट प्राप्त भएको छ । आक्रमणमा संलग्न ती नेपालीलाई साउदी प्रहरीले नियन्त्रणमा लिइ कानुनी कारवाही अगाडि बढाइसकेको छ ।

यस विषयलाई गम्भीरतापूर्वक लिदै थप विवरणका लागि राजदूतावासलाई निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुटनीतिक पदाधिकारीमाथि भएको यस घटनाको परराष्ट्र मन्त्रालयले भर्त्सना गरेको छ । शर्मामाथि आक्रमणको कारण भने खुल्न सकेको छैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us