
एक सय रोपनी जग्गामा ६५ घरधुरीका ५ सय १५ जनाका लागि उनीहरुले एकिकृकत बस्ती बनाउन लागेका हुन । भुकम्प पिडित हरूका लागि ट्वाइलेट बाथरुम सहित ४ कोठे रातो , सेतो र निलो रंगका भुकम्प प्रतिरोधी घर बनाउने उनीहरुले बताएका छ । पहिलो एकिकृत बस्ती भन्दा यो बस्ती निकै ठूलो बस्ती बन्ने उनीहरुको भनाइ छ ।
उक्त बस्तीलाई उनीहरुले सफा र बालमैत्री नमुना गाउँ बनाउने योजना बनाएका छन् । जहाँ भूकम्पबाट सुरक्षित घर, हरेक घरमा एक चर्पी, एक धारो अनी एक बगैँचा हुनेछ । बस्तीलाई होम स्टेको रुपमा विकास गरेर पर्यटकीय गन्तव्य बनाउने अभिप्राय पनि उनीहरुले बोकेका छन् । त्यस्तै, बस्तीमा कम्युनीटि हल बनाइनेछ । जसको भित्तामा बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम राखिने उनीहरुको भनाइ छ ।
दोस्रो एकिकृत बस्ति निर्माणका लागि सहयोगी मनहरुलाई हातेमालोको लागि उनीहरुले अपिल गरेका छन् ।
आफ्नै पहलमा यसअघि काभ्रेमा एकीकृत नमुना बस्ती बनाएका धुर्मुस सुन्तलीले सिन्धुपाल्चोकमा दोस्रो बस्ती बनाउन लागेका हुन् । सामाजिक सञ्जाल सगुन डटकम, हाँस्य टेलिश्रृंखला भद्रगोल टोलीलगायत अन्य थुप्रै संघ संस्था र देश विदेशमा रहेका नागरिकबाट सहयोग लिएर उनीहरुले काभ्रेमा बस्ती बनाएका थिए । दोस्रो नमुना बस्तीका लागि पनि सबैको सहयोग आवश्यक रहेको उनीहरुले बताएका छन् ।