
भारत नेपाल सरकारसँग असन्तुष्ट रहेका बेला देउवाको दिल्ली भ्रमणलाई जसरी अर्थपूर्ण रुपमा हेरिएको थियो अन्नतः उनको गतिबिधिले पनि त्यही मोड लिएको छ ।
भारतीय विदेशमन्त्री सुषमा स्वराजलाई भेटेर आफ्नो राजनीतिक भेटवार्ताको सुभारम्ब गरेका देउवाले त्यसपछि विभिन्न राजनीतिक दलका नेता र उच्च सरकारी निकायका व्यक्तिलाई भेटे ।
जसमध्ये देउवा र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख राजिन्दर खन्नाको भेटलाई महत्वका साथ लिइएको छ । रअलाई नेपालमा भारतको राजनीतिक खेल खेलाउने निकायका रुपमा लिइन्छ । नेपालमा नेताहरु पनि गोप्य रुपमा यही खेलका लागि रअका एजेन्टहरु भेट्ने गरेका छन् । जुन अहिले चर्चाको विषय बनेको छ ।
स्वराजले देउवासँग नेपालमा हिन्दु धमका विषयमा कुरा उठाएपछि देउवाले अन्य हिन्दुवादी नेतासँग पनि भेट गरे । जसमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीकै पार्टी भाजपाका नेता छन् ।
नयाँ संविधान जारी हुनुअघि भारत भ्रमणमा गएका देउवाले भारतमा हिन्दुधर्मसँग कांंग्रेस सभापतिको डिल गरेको निकै चर्चा भएको थियो । यस्तोमा उनी अहिले कांग्रेस सभापति भएपछि देशकै ठूलो पार्टीसँग भारतले नेपालमा हिन्दुधर्मको उपेक्षा राखेको हुनसक्ने विश्लेषकहरु बताउँछन् ।
त्यस्तै देउवा नेपालमा सरकार गठनमा महत्वपूर्ण भूमिका खेल्ने भारतलाई रुझाएर प्रधानमन्त्री हुने दाऊमा समेत रहेको स्रोतको दाबी छ ।
देउवाको भ्रमणलाई श्रीमतीको खुट्टा अपरेशनका लागि भनिएता पनि अन्य राजनीतिक भेटघाटमा देखिएको सक्रियताले यो आफैमा एउटा रहस्य बनेको छ ।