Thursday, 21 April 2016

नेपालीले लिए नरेन्द्र मोदीसँग मज्जैसँग बदला, प्रभावशाली व्यक्तिको सूचीबाट मोदी आउट


विश्वचर्चित प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनको सन् २०१६ को विश्वका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अटाएनन् ।

मोदीलाई सय व्यक्तिको सूचीमा पर्न नदिन नेपालबाट 'नो भोट मोदी' अभियान नै चलेका बेला टाइमको प्रभावशाली सयको सूचीमा मोदी नपरेका हुन् ।

यो सूचीमा मोदीकै देशको भारतीय रिजर्भ बैंक (आरबीआई) का गर्भनर रघूराम राजन भने अट्न सफल भएका छन् ।

देशका गभर्नर पर्दा मोदी यस पटक टाइमको सय प्रभावशालीको सूचीमा नपरेका हुन् ।

यो सूचीमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग, उत्तर कोरियाका तानाशाह किम जोङ्ग उन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति बाराक ओबामाले यो सूचीमा स्थान बनाउन सफल भएका छन् ।

त्यसैगरी सय शक्तिशालीको सूचीमा फेसबकका मालिक मार्क जुकर्बर्ग दम्पत्ति, बलिउड अभिनेत्री प्रियंका चोपडा, जर्मनीकी राष्ट्रपति एङ्गेला मर्केल, पोप फ्रान्सिस र कमेडियन अजिज अन्सारी पनि अटेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us