Friday, 29 April 2016

सल्यानमा एकै घरका ४ जनाको हत्या हुनुको रहश्य खूल्यो…...

सल्यानको छायाँक्षेत्र गाविस वडा नम्बर ९ रानागाउँकी सविता खाँणको घरमा ४ जनाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षे युवक संजय भारतीलाई पक्राउ गरेको छ । दुई दिनको अनुसन्धानपछी सल्यान प्रहरीले आज पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरेको हो । उनी रानागाउँकै २० बर्षीय युवक हुन् । छायाँक्षेत्र गाविस रानागाउँकी सीता खाँड, उनकी दुई छोरी र बहिनी गरि चार जनाको मंगलबार राति हत्या भएको थियो । हत्या भएकी सिता खाँणको श्रीमान भारतमा काम गर्छन्।

  किन गरे भारतीले एकैपटक चार जनाको हत्या ?
गत मंगलबार राति कसले एकै घरको चार जनाको हत्या गर्यो भन्ने निकै अचम्मको बिषय थियो । प्रहरीले कुकुरको सहयोगमा भारतीलाई पक्राउ गरेपछी सबै रहश्य बाहिरिएको छ । हत्यारासँगको प्रारम्भीक बयानमा यौन प्यास मेट्न नपाएको झोकमा मारेको भन्ने स्पष्ट बयान छ । भारतीले प्रहरीलाई दिएको बयानअनुसार उनले मंगलबार दिउँसो दाउरा चिर्ने काम सकाएपछि मादक पदार्थ सेवन गर्न गएका थिए । राति करिब ८ बजेतिर घर पुगेका उनी ओड्ने र ओछ्यान बोकेर सुत्न भन्दै बारीतिर लागे । मदिराले लठि्ठएका उनी यौन प्यास मेट्न गाउँ छिरे । त्यही क्रममा चार जनाको हत्या गरेको पाइएको छ । यौन प्यासको खोजीमा हिँडेका भारतीले सुरुमा केहि तल पर्ने एउटा घरको करिब ६० वर्षीया महिलासँग जर्बजस्ती यौन सम्बध राख्ने प्रयास गरेका थिए । तर प्रतिवाद भएपछी गाईगोठमा रहेको किलाले सिधा आक्रमण गरेर ति बृद्धलाई घाइते बनाईदिए । आफ्नो यौन चाहना ति बृद्धाले मेट्न नसकेपछी उनि भौतारिएर अर्को घरमा गए, जहाँ सीता खाँडसहित ४ जना महिला तथा बालबालिका मात्र थिए । अब उनको तारोमा ति महिलाहरु परे तब मदिराले मात्तिएका भारतीले सीता खाँडसँग यौन दुर्ब्यबहार गरे । तर त्यहाँ पनि उनीलाई आफ्नो चाहना मेट्न दिने नभेटेपछि भारतीले भैसी बाध्ने किलाले सितालाई आक्रमण गरे । उनको हत्या भयो । सीताको हत्यापछि फेरी भारती उनकी बहिनी गीता गिरीतिर यौन प्यास मेट्नकै लागि जाइलागे । जबरजस्ती यौन सम्बन्ध राख्ने उनको प्रयास तेश्रो पटकपनि सफल नभएपछी उनले गीतालाई पनि आफ्नो सिकार बनाए । तीन जनाको आक्रमणका क्रममा दुई जनाको सिकार गरिसकेका हत्यारा भारतीले रिशको झोकमा साढे दुई वर्षषा छोरी पवित्रा र ११ महिनाकी सविता खाँडको पनि हत्या गरे । साना-साना बच्चाको किन हत्या गरेको भन्ने बयान अनुसार दुई जनाको हत्यापछी उनलाई आफुले हत्या गरेको कुरा कसैले देखेको छ कि छैन भन्ने याद आयो । तब भारतीले दूई बर्षिया बालिका पवित्राले आफूलाई चिन्न सक्ने ठानेर उनलाई आक्रमण गर्दा उनीसंगै ११ महिनाकी सविताको समेत सिकार गरे । त्यसपछी उनलाई रक्सि र यौनको मातले छोड्यो, अनि आफ्नो घरमा गए । रातारात कपडा धोएर सुकाए ।

‘भुन्टी’ नाम गरेको कुकुरले समात्यो हत्यारा
सल्यानको यो घटना अहिले सबैको चासोको बिषय बन्नु स्वभाविक छ । एकै घरमा कसरी चार जनाको हत्या भयो अचम्मको बिषय थियो । प्रहरीले तत्काल अनुसन्धान थालेकोले हत्यारा उम्किन पाउने अवस्था भएन । स्थानिया बासिन्दाले मंगलबार रातको घटना भोलीपल्ट बिहान ८ बजेपछी मात्र थाहा पाए । त्यसपछि घटनास्थलमा १० बजे प्रहरी पुग्यो । एकान्त घर, घरमा बाँकी कोहि नभएको कारण घटनाको अपराधी पत्ता लगाउन प्रहरीलाई निकै गाह्रो भएको थियो । बिभिन्न कारण प्रहरीले भारतीलाई शंका गर्‍यो । तर पक्राउ गर्न प्रयाप्त प्रमाण पुगेन । भारतीले आफ्नो कपडा रातारात धोएर सुकाएका थिए । प्रहरीले उनको चप्पलमा रगत देख्यो । त्यो रगत पनि अपराधी समात्ने प्रमाण थिएन । तर प्रहरी उसलाई निगरानी भने गरिररहेको थियो । अब घटनाको निर्क्यौल गर्न थप अनुसन्धान गर्नुपर्ने भएपछी मध्य पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट ‘भुन्टी’ नामको कुकुर ल्याईयो । भुन्टीकै सहयोगले अपराधि भागेको बाटो-ट्रयाक भयो । त्यसपछि ‘भुन्टी’ले सयौं मान्छेको भीडमा रहेका भारतीको हात टोक्दै प्रहरीलाई समात्न निर्देशन दियो |

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us