Tuesday, 19 April 2016

२५ लाख नपाएको निहुँमा पारसले कुटे प्रदीपलाई, बाबु ज्ञानेन्द्रसँग पनि झगडा

नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन बंगलबाट आफूनिकटलाई शुभकामना सन्देश पठाए, जसमा पहिलोपटक सारा परिवारको रंगीन तस्बिर टाँसिएको थियो । पारस छेउमा बसेका छन् ख्याउटे मुद्रामा । उनै ख्याउटे पारसले बाबुसँग पैसाको निम्ति झगडा गरेको र उनका व्यापारिक साझेदारको भाइलाई पर्यटकीय नगरी पोखरा गएर कुटेको खबर भने बाहिर आइसकेको छैन ।
एक दिन पारसले बुबासँग २५ लाख मागे । केलाई चाहियो त्यतिका पैसा , मसँग कहाँ छ र ? भन्दा पारसले ‘म पोखरा घुम्न जान्छु् भने । बाबुले सोल्टी होटल छेउ बस्ने प्रभावकर शमशेरलाई भेटन् अह्राए । प्रभाकरले पोखरामा फिस्टेल होटल चलाएर बसेका भाई प्रदीप रााणालाई भेटन भने । फिस्टोल शाहज्यादी हेलेपुत्री जयन्तीको नाममा छ । जयन्ती प्रभाकर शमशेरकी भान्जी हुन् । उनी दरबार हत्याकाण्डमा मारिएकी थिइन । पारसले नै प्रदीपसँग गएर मलाई पैसा देउ भन्दै कराए । प्रदीपले घर्राबाट निकालेर पाँच लाख दिए । ‘यति छ, मलाई यति नै दिनु भनेको हो भन्ने नभ्याउँदै प्रदीपलाई भकाभक हिर्काउन थाले । वरिपरिका मान्छेले झगडा छुट्टयाए । जनआस्था साप्ताहिकबाट/kathmandutoday

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us