Sunday, 10 April 2016

पत्नी बिरामीको बहानामा सरकार ढलाउने योजना बनाउन दिल्ली जाँदै देउवा


पछिल्ला दिन दृश्यमा उति धेरै नदेखिएको मात्र हो, तर संविधानसँगै सरकारका मामिलामा भारतीय चासो काठमाडौंमा तीव्र भएको छ ।

दिल्लीमै राखेर नेपाली नेताहरुलाई संविधानमा आफ्ना सरोकारबारे सकेसम्म सहमत गराउने, नसके पनि ओली सरकारको विकल्प तयार पार्ने कुरालाई मुख्य एजेण्डा बनाइएको स्रोतले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा आज हुने संसदीय दलको चुनाव लगत्तै दिल्ली जाँदैछन् ।

आजको निर्वाचनमा उनको पल्लाभारी छ । हिजो पारिवारिक स्रोतसँग देउवाको दिल्ली यात्राबारे सोेध्दा स्वास्थ्य उपचारका नाममा पत्नी आरजुसँग दिल्ली जाने कार्यक्रम तय भएको छ । देउवाले यसअघि संविधान निर्माण हुनअघि पनि दिल्ली भ्रमणका क्रममा आरजुलाई सँगै लगेका थिए ।

तर शेरबहादुरको दिल्ली भ्रमणको टुंगो लाग्नुअघि भारतीय पक्षले सत्तासाझेदारीका किम्यान प्रचण्डसँग कुरा गरेको थियो । प्रचण्डलाई कुरा गर्ने तहमा पुर्याउनै भारतीय पक्षलाई मुस्किल पर्यो ।

उनले शुरुमा नेपालको राजनीतिमा बढ्दो भारतीय चासोको बचाव गर्न आफूलाई निम्तो गरिएको खुलस्तै बताए । तर प्रधानमन्त्रीको चीन भ्रमणपछि भने प्रचण्ड र भारतीय पक्षबीच केही गम्भिर छलफल भएका छन् ।

उनले आफू पहिला भारत जाने कुरा अस्वीकार गरे । सल्लाह दिए, पहिला शेरबहादुरजीलाई बोलाउनुस्, उहाँ गएपछि म जाऔँला ।

उनैले दिएको तरिकाअनुसार जब शेरबहादुर दिल्ली उड्छन तब नेपालमा सरकार परिवर्तनबारे एउटा तरंग मच्चिन्छ । जनआस्था साप्ताहिकमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us