Saturday, 2 April 2016

एमाले र एमाओवादी युवाद्वारा उपेन्द्र यादवमाथि हमला


सत्तारुढ एमाले र एमाओवादीका कार्यकर्ताले संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवलाई सुर्खेतमा घेरा हाल्दै कालो झण्डा देखाएका छन् ।
पार्टीको खसान प्रदेश समायोजन भेलामा सहभागी हुने सिलसिलामा वीरेन्द्रनगर पुगेका यादवविरुद्ध एमाले युवा संघ र एमाओवादीको वाइसीएलले शनिबार कालो झण्डा देखाएको हो ।
प्रदर्शनकारीले भारतको डिजाइनमा नेपालमाथि नाकाबन्दी गरेको आरोप लगाएका थिए । अध्यष यादव वीरेन्द्रनगरस्थित एक होटलमा खाना खान पुगेका बेला होटलबाहिर दुई पार्टीका युवाले नाराबाजी गरेका थिए । नाराबाजीका कारण यादव खाना नखाई त्यहाँबाट हिंडेका थिए ।
सत्तारुढ दलका युवाको दबाबमा वीरेन्द्रनगर नगरपालिकामा तय भएको भेलासमेत स्थगित भएको छ । युवाहरुले भेला गरे कार्यक्रममै हमला गर्ने चेतावनी दिएका थिए ।
वाइसीएल सुर्खेतका अध्यक्ष अमर  चन्दले भारतको इशारामा मुलुकमाथि नाकाबन्दी गरेर जनतालाई सास्ती दिनेलाई कार्यक्रम गर्न नदिइने बताए । उनले मधेसवादी दललाई सुर्खेतमा प्रवेश निषेध गरिएको बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us