Tuesday, 26 April 2016

कति सही कति गलत ? -‘श्रीमानको जल नखाई पेटमा पानी हाल्दैनौं’

गुल्मी, १५ बैशाख । नयाँ पिढीका महिलाहरु विहान अबेरसम्म विस्तरामै रहन रुचाउछन । कसैले त सासु ससुराबाट पकाएको चिया विस्तारामै ल्याई दिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् । तर बुढी पाकी महिलाहरु अहिले पनि  ग्रामीण समाजमा विहान चारदेखि पाँच बजे पुर्व नै उठेर घरको आधा काम सकि सकेका हुन्छन् ।
त्यही देख्न सकिन्थ्योे गुल्मीको बडागाउँ ७ मा पुग्दा । त्यस गाउँका प्रत्येक घरमा बुढी पाकी महिलाहरु विहानै उठेर गाई भैंसीलाई घाँस –पात, गोवर –सोत्तर, दलान लिप–पोत र आँगन सरसफाईमा व्यस्त थिए । त्यो सकेर चिया पकाउन सुरु गरे । परिवारका अन्य सदस्यहरुलाई विस्तरा सम्म पनि  पुराए तर आफुले भने श्रीमानलाई उठाएर उनको खुट्टाको जल नखाए सम्म पिएनन् ।
त्यस गाउँका चन्द्रबहादुर सुनारकी श्रीमतिले भनिन–‘ हामी त विहान उठेर श्रीमानको जल नखाई पानी पनि पेटमा हाल्दैनौं ।’ ७० को नेटो काटेका ति   दम्पत्तीमा  मात्र हनभई  ४० वर्ष उमेर यताका सवै महिलाहरुले त्यो चलन रहेको बताए । त्यस गाउँकी फुलकुमारी सुनारले भनिन् –‘तर हाम्ले यस्तो गरे पनि अहिलेका छोरी वुहारीहरुले भने यो चलन छाडेका छन् । ’
प्रेम सुनार


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us