दाङ–नेकपा एमालेकी नेत्री शान्ता चौधरी कक्षा ८ को जिल्लास्तरीय परीक्षामा उत्तीर्ण भएकी छन् ।
दाङ लक्ष्मीपुरको उच्च मावि डाँडागाउँ गोग्लीबाट परीक्षा दिनुभएको पूर्व सभासद् चौधरी पहिलो श्रेणीमा उत्तीर्ण भएका हुन् । सभासद् हुँदा निरक्षर भएका कारण धेरै दुःख झेल्नुपरेको महसुस गरेपछि उनी गाउँको विद्यालयमा भर्ना भएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा खुसी साट्दै उनले लेखेकी छन्, “धेरैलाई हाँसो लाग्दो हो तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धि लागेको छ । घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ, फेल हुन्छु भन्ने लागेको थियो, तर पास भइछु । पास मात्रै होइन फस्ट डिभिजन आइछु ।” साथै उनले आफूलाई पढाइमा उत्प्रेरणा जगाउने सबैमा आभार व्यक्तसमेत गरेकी छन् ।