Sunday, 10 April 2016

रक्सीले मातेपछि कटवालले तात्कालिन प्रधानमन्त्री माधव नेपालसँग यस्तो लफडा गरेका थिए

पूर्व प्रधान सेनापति रुक्मांगद कटवालले पद थमौतिबारे त्यतिखेरको सरकारसँग गरेको अनेत प्रयत्न र दबाबलाई उनीपछि प्रधान सेनापति भएका छत्रमानसिंह गुरुङले आफ्नो प्रकाशोन्मुख पुस्तक ‘जनताको छोरो’ मार्फत खुलासा गरेका छन् । शनिबार कान्तिपुर कोशेलीमा उनै कटवालले छत्रमान प्रधान सेनापति भएपछि डाकिएको  बैठकमा रक्सि पिएपछि प्रधानमन्त्री माधव  नेपालसँग गरेको लफडाको एक अंश छापिएको थियो ।

प्रधानमन्त्री नेपालसँगको भेटबारे पुस्तकमा छत्रमानले उल्लेख गरेका छन :
सरकारले महारथी रूक्मांगद कटवाल साउन २४ गतेदेखि अवकाश पहिलाको एक महिनाको घरबिदा बस्ने र मैले त्यही दिनदेखि कायममुकायम प्रधानसेनापतिको कार्यभार बुझ्ने निर्णय गरिसकेको भनेर मिडियामा आइसकेको थियो ।

तर, मलाई औपचारिक रुपमा केही भनिएको थिएन । त्यसको भोलिपल्ट प्रधानसेनापति कटवालले मलाई भन्नुभयो, ‘जाउँ हिँड, म प्रधानमन्त्रीसँग भेट गराइदिन्छु ।’

हामी सिंहदरबारतिर लाग्यौँ । प्रधानमन्त्री (माधवकुमार नेपाल) सँगको भेटमा कटवालले मलाई औँल्याउँदै भन्नुभयो, ‘म, उस् छत्रमानलाई प्रधानसेनापति बनाउँदैछु ।’
प्रधानमन्त्रीले फिस्स हाँस्दै भन्नुभयो, ‘प्रधानसेनापति सरकारले बनाउने हो, तपाईंले हैन ।’

कटवाल सच्चिनुभयो, ‘हैन हैन, प्रधानसेनापतिको लागि सिफारिस गर्छु भनेको ।’

प्रधानमन्त्रीले भन्नुभयो, ‘हो, त्यसो भन्नुस् न ।’

केही समयपछि हामी जंगी अड्डातर्फै फक्र्यौं ।

कटवाललाई आखिर सरकार वा अन्य कसैबाट सहयोग भएन । उहाँको केही लागेन । केही दिनपछि साउन २४ गतेदेखि उहाँ घरबिदा बस्ने र मैले त्यही दिनदेखि कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सरकारी निर्णयको पत्र आयो । तर, उहाँले मलाई कार्यभार साउन २५ गतेको अपराह्न ५ बजेमात्र बुझाउनुभयो ।

शशि भवनमा भएकाे डिनरमा कटवालले गरेकाे बबन्डरबारे छत्रमानले उल्लेख गरेका छन् :
पूर्वप्रधानसेनापतिहरुसँग चिनाजानी, वर्तमान परिस्थितिबारे कुराकानी तथा जानकारी लिन प्रधानमन्त्री माधवकुमार नेपालले इच्छा गर्नुभयो । मैले २०६६ चैत १९ गते साँझ ७ बजेको लागि कार्यक्रम मिलाएँ ।

प्रधानमन्त्री नेपालले चिसो पेयपदार्थ र अरुले ड्रिङ्क्स लिनुभयो । पूर्वप्रधानसेनापति महारथी रूक्माङ्गद कटवालचाहिँ निकै ढिलो, करीब पौने एक घण्टापछि आउनुभयो । उहाँ प्रधानमन्त्री नेपालनजिकै बस्नुभयो ।

उहाँहरु दुई जनाबीच निकै बेर कुरा भइरह्यो । कटवालको स्वरचाहिँ चर्को हुँदै गयो । प्रधानमन्त्री नेपाल भने बिस्तारै शिष्ट तरिकाले नै बोलिराख्नुभयो । पछि कटवालको बोली यति चर्को हुँदै गयो, सबै पूर्वप्रधानसेनापतिहरुले चुपचाप त्यतै हेर्न थाल्नुभयो ।

कटवालले चर्को स्वरमा भन्दै हुनुहुन्थ्यो, ‘गट्स (आँट) चाहिन्छ, गट्स चाहिन्छ ।’

प्रधानमन्त्री नेपालचाहिँ नरम र शिष्ट भाषामा बोल्दै हुनुहुन्थ्यो, ‘संविधान, ऐनले मिल्दै नमिल्ने काम कसरी गर्न सकिन्छ ?’

अनि कटवालले त्यही टोनमा भन्नुभयो, ‘त्यति नभए पनि तीन महीनामात्र भए पनि मेरो म्याद थपिदिएको भए म गरेर देखाइदिन्थेँ ।’

वातावरण असहज हुँदै गइराखेको थियो । सबै वाल्ल पर्‍यौँ । प्रधानमन्त्री नेपालले नमज्जा मान्नुभयो । त्यसैले हिँडी पनि हाल्नुभयो । तल गाडी चढ्ने ठाउँसम्म म र कमला पुर्‍याउन गयौँ । मैले माफ मागेँ ।

यसभन्दा पहिला कटवालले म्याद थपेर आफैँ प्रधानसेनापति भइरहन खोजेका विभिन्न कुरा मैले अरुका मुखबाट सुन्दै आएको थिएँ । उहाँ आफैँले भनेको चाहिँ यसअघि सुनेको थिइनँ । कटवाल आफैँले भन्नुभयो, प्रधानमन्त्री र पूर्वसेनापतिहरुकै सामुन्ने ।

सैनिक ऐनले प्रधानसेनापतिको कार्यकाल तीन वर्ष वा ६१ वर्ष उमेरको हद तोकेको छ । त्यही अनुसार उहाँले तीन वर्ष पूरा खानुभयो । तीन वर्षमा नगरेको कुनचाहिँ काम ‘तीन महीनामा गरेरै देखाइदिन्छु’ भन्नुभएको थियो, बुझिएन ।

- See more at: http://www.netpatrika.com/2016/04/17437/#sthash.61Uk6zbj.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us