त्यसै त राजधानीको अस्तव्यस्त ट्राफिक
अवस्था । त्यसमा पनि पैदल यात्रु र सामान्य नागरिकहरुका लागि सडकको यात्रा
कष्टप्रद नै छ । धेरै समय कुरेका थिए एक जना भरियाले पुतलीसडकको ब्यस्त
बाटो छिचोल्न खोज्दा । सबैलाई हतारो हुने यो सहरमा कस्लाई पो फुर्सद अरुका
बारेमा सोच्ने ?
जब झण्डावाला गाडी रोकियो ती भरियाले बाटो पाए ।
सधै जसो मंगलबार विहान पनि मानिसहरु
आ-आफ्नो कार्यालयसम्म पुग्न हतारोमा हुँदा सञ्चारमन्त्री शेरधन राई
गल्फूटारस्थित आफ्नो निवासबाट सिंहदरबार मन्त्रालय तर्फ लाग्दै थिए ।
दोहोरीलत्त सवारीले वास्ता नगरेको सडक
छेवैको दृश्यमा मन्त्री राईको दृष्टि पुग्यो । हुँइकिएको झण्डावाला गाडी
एक्कासी बीच सडकमै रोकियो अनि मन्त्रीको इसारा पाएका भरी सिलिण्डर ग्यास
बोकेका बृद्ध भरियाले सडक पारे गरे ।
शीर भारीले थिचिएका भरियाले मन्त्रीलाई त देख्न पाएनन् तर हात हल्लाउँदै छचल्किएको उनको खुसी ।
सडकको अधिकार सर्वसाधरण जनतालाई दिलाउन मन्त्री राईको सिको अरु भीभीआइपीहरुले पनि गरे कति सुन्दर देखिन्थ्यो होला देश !