हालै एउटा किताब सार्वजनिक भएको छ, जसको
नाम हो लोन्ली प्लानेट्स कोल्ड ट्वाइलेट्स । यो किताबमा दुनियाका यस्ता
यस्ता ट्वाइलेटका तस्वीरहरु संग्रहित गरिएको छ जो दुनियामै सबैभन्दा
विचित्र छन् ।

यो हो ट्युनिसियामा बनाइएको एक ट्वाइलेट
ब्लक । यसको भित्र एउटा यस्तो रंगीत खाडल समेत बनाइएको छ, जसमा पर्यटकले
पैसाका सिक्का पनि हाल्न सक्दछन् ।

यो हो अन्तरीक्षयात्रीले
अन्तरीक्षयानभित्र प्रयोग गर्ने शौचालय । यो ट्वाइलेटमा यस्तो सक्सन पम्प
हुन्छ जसले अन्तरीक्षयात्रीको मलद्धारबाट दिसा तथा यौनांगबाट पिसाब सोसेर
लिन्छ ।
अन्तरीषमा गुरुत्वाकर्षण नहुने र सबै चिज उड्ने भएको हुँदा दिसा पिसाब पनि नउडोस् भन्नका लागि यस्तो सक्सन पम्प बनाइएको हुन्छ ।
यो हो जर्मनीको बर्लिनस्थित सोनी सेन्टरमा बनाइएको ट्वाइलेट

न्युजिल्याण्डको रोटुरामा बनाइएको रेडवुड्स ट्वाइलेट । जंगलको बीचमा यस्तो तरिकाले बनाइएका ट्वाइलेटहरु रुखजस्तै देखिन्छन् ।



कहिल्यै
ट्वाइलेटको फोहोरा हुन्छ भन्ने सुन्नुभएको छ ? चीनको फोसानमा एउटा यस्तै
ठाउँ छ जहाँ ट्वाइलेटका बिग्रेका कमोटलाई एकसाथ राखेर फोहोरा तयार पारिएको छ
। अस्ट्रेलियाको वेटपिंगामा रहेको हरित वातावरणमैत्री ट्वाइलेट ।

र यो हो नेपालको ट्वाइलेट । अमादब्लम हिमालको काखमा रहेको ट्वाइलेट । सगरमाथा आधार सिविर जाने पदयात्रा मार्गमा रहेको यो ट्वाइलेट चुखुंग भन्ने ठाउँमा ४७३० मिटर उचाइमा छ ।