Sunday, 17 April 2016

सधैका लागि बन्द गर्ने तयारी गरेको तातापानी नाका नेपालको आग्रहपछि चीनले खोलेको छ

कम्पका कारण अबरोध बनेको तातोपानी नाका संञ्चालनमा आएको छ । करिब दुई सय कन्टेनरमा राखिएका चिनियाँ तयारी पोशाक, जुत्तालगायत सामान अस्थायीरुपमा व्यवस्थापन गर्न चीन सरकार सहमत भएपछि नाका सञ्चालनमा आएको हो ।
पूर्ण रुपमा भने सञ्चालनमा नआएपनि अस्थायीरुपमा सञ्चालन गरिएको तातोपानी भन्साकार कार्यालयका प्रमुख दिव्यराज पोखरेलले बताएका छन ।
गोदाममा थन्किएका करिब पाँच सय ट्रक सामानमध्ये कतिपय अन्यत्र नाकाबाट नेपाल भित्रिसकेका छन् । उक्त सामान नेपाल भित्रिएपछि दुई करोडदेखि तीन करोडसम्म राजस्व सङ्कलन हुने भन्सार प्रमुख पोखरेलले जानकारी दिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us