नेपाली सेनाले सरकारले आवश्यक सामग्री समयमै उपलब्ध गराए रसुवा–केरुङ नाका
जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक खण्ड दुई वर्षभित्रमा सहज निर्माण गरेर सडक
विभागलाई हस्तान्तरण गर्ने जनाएको छ ।
‘सहयोग भए, चाँडै सक्छौं,’ निर्माणमा संलग्न प्राविधिक प्रमुख सेनानी सञ्जय केसीले शुक्रबार निर्माणस्थलमा पुगेका सञ्चारकर्मीसँग भने, ‘बढी क्षमताका र प्रविधियुक्त कम्प्रेसर, डोजरलगायत सामग्री सरकारले उपलब्ध गराए काममा तीव्रता आउँछ, बाटो बिस्तारले तीव्रता पाउँछ ।’ निर्माणमा हाल प्रयोग भइरहेका सामग्री कम क्षमताका र मान्छेले नै चलाउनुपर्ने भएकाले बढी क्षमताका सामग्री उपलब्ध गराएर सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।
निर्माणस्थलमा शुक्रबार पुग्दा कतै डोजरले भित्ता खोपिरहेको थियो भने कामदारहरू बाटोका ढुंगा पल्टाइरहेका थिए । कतै सेनाका जवानहरू डोजर र मान्छेले पनि खन्न नसक्ने भागमा बम विस्फोट गराइरहेका थिए ।
भोटेकोसी नदीको केही माथिल्लो भागमा खनिएको सडकमा उभिएका सेनानी केसीले थपे, ‘सरकारले जुन सामग्री किने पनि त्यो देशकै लागि हो ।’ सेनाका अर्का पदाधिकारीले थपे, ‘साइकल दिएर दुई घण्टामा यति टाढा जाउ भन्न मिल्दैन । लक्ष्य प्राप्तिका लागि प्राविधिक रूपमा दक्ष हुनुपर्छ ।’
मैलुङ–स्याफ्रुबेसी सडक पासाङ ल्हामु राजमार्गको बेत्रावती–स्याफ्रुबेसी सडकको वैकल्पिक मार्गका रूपमा रहेको छ । अहिले बेत्रावतीबाट धुन्चे हँुदै स्याफ्रुबेसीसम्मको दूरी ५४ किमि पर्छ भने मैलुङ–स्याफ्रुबेसीको दूरी ३२ किमि पर्छ ।
मैलुङ–स्याफ्रुबेसीको १६ किलोमिटरमध्ये १२ किमि खण्ड माथिल्लो त्रिशूली १ परियोजना क्षेत्रभित्र पर्छ । उक्त खण्डमध्ये ६ किमि परियोजनाले र बाँकी ६ किमि सेनाले निर्माण गरिरहेको छ । नेपाली सेनाले भूकम्पपछि बेत्रावतीदेखि पहिरो सफा गरी ट्रयाक सुचारु गराउने र पहिलेको जिम्मेवारीसहित जम्मा १० किमि खण्डमा र लेनको ट्रयाक निर्माण गर्ने जिम्मा सेनाले सरकारबाट पाएको छ । परियोजना क्षेत्रबाहिर पर्ने ४ किमि सडक निर्माणको जिम्मेवारी सरकारले अघिल्लै वर्ष सेनालाई दिएको थियो ।
बेत्रावतीबाट ७ किमि मैलुङतर्फ सिमले भन्ने ठाउँबाट पहिरो सफा गर्ने कार्य गत पुस २७ बाट सेनाले थालेको हो । परियोजना क्षेत्रमा पर्ने सडकको पहिरो भने आफैंले हटाउने भन्दै परियोजनाले सेनालाई ‘नो अब्जेक्सन लेटर’ दिन मानेको थिएन । ऊर्जा मन्त्रालय तथा संसदको विकास समितिले निर्देशन दिँदासमेत परियोजना आफैंले गर्ने जनाएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत फागुन २ मा बसेको बैंठकले मैलुङदेखि सिमलेसम्मको सडक खण्ड आयोजनाले खोल्ने र बेत्रावतीबाट मैलुङसम्म मात्र सेनाले पहिरो सफा गर्ने निर्णय भएको थियो । परियोजनाले नदीको दायाँतर्फ सिमलेबाट एक लेनको सडक निर्माण गर्ने भएपछि अब बायातर्फ दुई लेनको सडक निर्माण गर्न सडक विभागले अध्ययन गरेको छ । ‘अध्ययन प्रतिवेदन विभागले मन्त्रालयमा बुझाइसकेको छ,’ प्राविधिक केसीले भने, ‘सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा पारिपट्टिको वैकल्पिक बाटो प्रयोग गरिएको थियो । यदि बायाँ भागमै सेनाले दुई लेनको बाटो निर्माण गरे अझ सहज हुन्छ । जुन हामीले निर्माण पनि गर्न सक्छौं ।’ उनले त्यो ३.५ किमि सडकको सर्भे भइरहेको बताए । उनका अनुसार हालसम्म ११ सय मिटर लम्बाइ ९ मिटर चौडाइको ट्रयाक खोलिएको छ ।
सेनाले उक्त सडक खण्ड निर्माण गर्न कुल २३ करोड लाग्ने जनाएको छ ।
मन्त्रिपरिषद्ले मंसिर १७ को बैंठकले बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्य दुई वर्षभित्रमा सक्ने समय दिँदै सेनालाई निर्माणको जिम्मेवारी दिएको थियो । लगत्तै सेनाले सरकारले निर्णय गरे पनि विभिन्न ऐन, कानुन र प्रक्रियाले गर्दा तोकिएको समयमा काम पूरा गर्न कठिन हुने जनाएको थियो । संसदको विकास समितिले उक्त सडक खण्डलाई प्राथमिकतामा राखेर ‘संकटकालीन अवस्था घोषणा’ गर्दै काम गराउन निर्देशन दिएको थियो ।
सरकारले उत्तरी नाका जोड्ने महत्त्वपूर्ण सडकको गल्छी–त्रिशूली–बेत्रावती खण्ड (६३ किमि) लाई दुई लेनमा विस्तार गर्न सडक विभागलाई निर्देशन दिइसकेको छ भने स्याफ्रुबेसीबाट नेपालतर्फको सीमाक्षेत्र रसुवागढीसम्म सडक निर्माण चिनियाँ सरकारले गरिदिने सम्झौता भइसकेको छ । बेत्रावतीबाट धुन्चे हुँदै जाँदा बाटो लामो पर्नुका साथै राम्चेलगायत अन्य दुई स्थानमा पहिरोको जोखिमका कारण पनि सरकारले वैकल्पिक बाटो निर्माणको कामलाई तीव्रता दिएको हो ।