ढलेको धरहरा र काष्ठमण्डप एक वर्षपछि फेरि ठडियो। वसन्तपुरको डबलीमा। तर यो मैनबत्तीको उज्यालोमा डडिएको आकृतिमात्र थियो।
साथमा थियो सन्देश- वि विल राइज। हामी उठ्ने छौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान सबेरै धरहराको भग्नावशेषमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरे। तर यो सरकारी कार्यक्रम थिएन। स्थानीयको सक्रियतामा गरिएको यो कार्यक्रममा
धरहरा र काष्ठमण्डपको आकृति बनाइएको थियो। बिहानदेखि तयारीमा लागेका उनीहरुले साँझ दीप प्रज्ज्वलन गरेका थिए।
साँझ ढल्दै जाँदा यी आकृतिले एक वर्ष अगाडि ढलेका धरहरा र काष्ठमण्डपको स्मरण ताजा गराइदिएको थियो।
तर रात पर्दै जाँदा मैनबत्तीहरु निभ्दै गए। र फेरि अँध्यारोमा विलीन हुनपुग्यो त्यो धरहरा....त्यो काष्ठमण्डप.... !!