गत वर्ष वैशाख १२ मा गएको भूकम्पमा परेका भक्तपुरका बालक सोनिस अवाललाई सेनाले स्नातक तहसम्म नि:शुल्क पढाउने भएको छ ।
२२ घन्टापछि नेपाली सेनाको टोलीले भग्नावेश भित्रबाट जिवितै उद्धार गरेको अवाललाई एक वर्षपछि सेनाले शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको हो ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोनिसलाई सेनाको भक्तपुर सल्लाघारीस्थित सैनिक आवासिय महाविद्यालयमा कक्षा ६ देखि स्नातक तहसम्मको शैक्षिक छात्रवृक्ति उपलब्ध गराउने घोषणा गरेका छन् ।
सैनिक जनम्पर्क निर्देशनालयका अनुसार कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा नै अध्ययन गराई सो अवधीभर निजलाई निश्चित रकम, पाठ्यपुस्तक तथा निर्वाह खर्च समेत सेनाले नै उपलब्ध गराउने भएको छ।
भूकम्पको समयमा घरभित्रको भग्नावशेषभित्र लामो समयसम्म रहँदा समेत चमत्कारिक रुपमा जीवित रही सेनाको अथक प्रयासबाट उद्दार गरिएका सोनिसलाई यस किसिमको शैक्षिक वृत्ति प्रदान गर्न पाउँदा सेनाले आफू गौरवान्वित भएको जनाएको छ ।