Wednesday, 20 April 2016

आउँदैछ शिशाबाट बनेको बलियो आईफोन

विश्वचर्चित अमेरिकन मोबाइल कम्पनी एप्पलले सन् २०१७ देखि शिशाबाट बनेको आईफोन ल्याउने भएको छ।

एप्पलको यो निर्णयपछि अब आल्मुनियमबाट बनेको आईफोन विस्थापित हुनेछ।
 यसअघि एप्पलले आईफोन फोर र आईफोन फोर एसमा ग्लास केसिङ्ग प्रविधिको प्रयोग गरेको थियो। यही प्रविधिलाई पछ्याउँदै उसले सन् २०१७ शिशाबाट बन्ने आईफोन ल्याउने तयारी गरेको हो।

यो प्रविधि ल्याएपछि एप्पलको डिजाइनमा निकै परिवर्तन आउने अनुमान गरिएको छ।
यसका साथै कम्पनीले नयाँ आइफोनमा एएमओएलइडी डिस्प्ले प्रयोग गरिनेछ। जुन एलसिडीभन्दा पनि पातलो हुने बताइएको छ। स्रोतका अनुसार एप्पलले वायरलेस चार्जिङ सुविधासहितको आईफोन ल्याउने भएकाले शिशाको प्रयोग गर्न लागिएको हो।

कम्पनीले सन् २०१६ मा ल्याएको आईफोन सेभेनमा भने आल्मुनियमकै प्रयोग गरिएको छ। तर सन २०१७ मा भने विश्वभरका आईफोन प्रयोगकर्ताले शिशा भएको आइफोन प्रयोग गर्न पाउँनेछन्।

एप्पल मोबाइलका विश्लेषक केजीआइ मिङ-ची-कुओका अनुसार अब एप्पलमा आल्मुनियमको प्रयोग बन्द गरेर शिशाको प्रयोग सुरुवात गरिनेछ।
उनी भन्छन्, 'सन् २०१७ मा एप्पलको नयाँ आईफोनमा आल्मुनियमको प्रयोग बन्द हुनेछ र एउटा नयाँ शिशाको नयाँ आयाम थपिनेछ।' तर एप्पलले ल्याउने भनेको शिशाको बनावटबारे प्रयोग भने केही अपूरो रहेको छ।
यता, कोरियन हेराल्डले बताए अनुसार सामसुङ र एप्पलले सन् २०१७ को सुरुवातमा ओएलइडी डिस्प्ले भएका करोडौं स्मार्ट फोन विश्व बजारमा पठाउने सहमति गरेका छन्।
-एजेन्सीको सहयोगमा

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us