गुल्मी –
गुल्मी –
जीवन एउटा नाटक जस्तो पनि लाग्छ र ती दुई जना चलचित्रका पात्र जस्तै पनि लाग्छन् । किनकी उनीहरु पारिवारिक हिसावले श्रीमान–श्रीमती हुन् । जो केहि बेर अघिसम्म घरमा पितृसतात्मक नेपाली संस्कार अनुसार ती कार्यालय सहयोगी पुरुषकी आज्ञाकारी तिनै कार्यालय प्रमुख महिला हुन्छिन् ।
तर, कार्यालय समय १० बजेदेखि पाँच बजेसम्म त्यसको ठिक विपरित दृश्य देख्न सकिन्छ । त्यो दृश्य हो गुल्मीको दरवारदेविस्थान पशु सेवा केन्द्र कार्यालयको ।
४९ वर्षीया उजेली पोखरेल त्यस कार्यालयकी प्रमुख हुन् । जहाँ उनका ५४ वर्षीय श्रीमान गोपालप्रसाद पोखरेल कार्यालय सहयोगी रहेका छन् । स्थायी दरवन्दीका उनका श्रीमान पोखरेलको जागिर ३१ वर्ष भयो ।
२०३४ सालमा जिल्ला कृषि विकास कार्यालयमा अस्थाई नियुक्ती पाएका पोखरेल ४ वर्ष त्यहाँ रहेपछि पशु सेवा कार्यालयमा स्थायी नियुक्ती पाएका रहेछन् । त्यही क्रममा २०४३ सालमा पशु सेवा कार्यालयमा पशु स्वास्थ्य प्राविधिकको दरवन्दी खुल्यो ।
सिमीचौरकी उजेलीसँग उनको चिन–जान रहेछ । पोखरेलले त्यस वेला हाकिमको क्वार्टरमा खाना बनाउने काम गर्दा रहेछन् । उनले उनै हाकिमलाई भनेर उजेलीलाई नियुक्ती दिलाउने काम गरेको बताए ।
उजेलीले एक वर्षसम्म पशु स्वास्थ्य प्राविधिकको तालिम गरिन् । पोखरेलले जागिरे बनाएपछि उजेली उनीप्रति प्रभावित भईन् । उनीहरु बीचमा माया–प्रेम बढ्दै गयो र वैवाहिक सम्वन्धमा समेत बाँधिए ।
अन्ततः सुव्वातहकी उनलाई जिल्ला पशु सेवा कार्यालयले दरवारदेविस्थान पशु स्वास्थ्य केन्द्रको प्रमुख बनाएर पठायो र उनका श्रीमानलाई पनि सँगै पठायो ।
एसएलसी पास गरेकी उजेलीले आइएको परिक्षा त दिइन् तर पास हुन सकिनन् र पढाई छाडिन् । उनका श्रीमानले कक्षा ७ पढेर छाडेका रहेछन् । हाल रेसुङ्गा नगरपालिका–१४, साविकको सिमिचौर–३ गुल्मीकी उजेलीको माइत हो भने छिमेकी जिल्ला अर्घखाँचीको छत्रगञ्ज–५ मा उनीहरुको घर हो । जागिरे बुढाबुढीले सदरमुकाम तम्घासमा पक्की घर बनाएका छन् । एक मात्र सन्तानका रुपमा उनका छोरा छन् । जो अहिले वैदेशिक रोजगारका लागि कतारमा कार्यरत छन् ।
त्यस पशु सेवा केन्द्रले दरवारदेविस्थान, अमरअर्वाथोक, विरवास, गैंडाकोट र साविकको दुविचौर गाविस हेर्ने गर्दछ । ती गाविसहरुमा उनीहरु दुवै जना पुग्ने गर्दछन् । उजेली भन्छिन्– ‘पशु स्वास्थ्यमा म भन्दा पुरानो र अनुभवी भएकोले मैलेभन्दा बढि काम उनले नै गर्नुहुन्छ, कार्यालय सहयोगी भनेर के गर्ने ?’ उनले थपिन– ‘उनकै प्रयासले यहाँसम्म आइपुगेकी हुँ, तर पनि कार्यालयको सिस्टम अनुसार त चल्नै प¥यो नि !’
उनका श्रीमान पोखरेल भन्छन्– ‘कार्यालय समय अवधीभर म्याडम, ज्यू–हजुर सम्बोधन गर्ने गर्दछु र उनले लगाएको काम गर्दछु । कार्यालय समय सकिएपछि घरयासी बोली–भाषा र व्यवहार सुरु हुन्छ ।’ उनले त्यसो भनिरहँदा कार्यालय प्रमुखको कुर्चीमा बसेकी उजेली खित्का छाडेर हाँसिन् । सरकारी क्वार्टरमै बस्ने गरेका उनीहरु कार्यालय समय सकिएपछि श्रीमान पोखरेल विस्तारामा आराम गर्न थाल्छन् श्रीमती पोखरेल खाना पकाउने, भाँडा माझ्ने र कपडा धुनेलगायतको काममा व्यस्त हुने गरेको बताउँछिन् ।
अहिले श्रीमान पोखरेलको तलब १८ हजार पुगेको छ भने कार्यालय प्रमुख श्रीमतीको २२ हजार पुगेको छ । कार्यालय सहयोगी पोखरेलको पेन्सन निक्लने वेला भईसके पनि उमेर हदले दिएसम्म जागिर खान चाहन्छन् । श्रीमती पनि त्यही चाहन्छिन् । स्थानीयवासीका अनुसार गाउँमा पशु उपचारका लागि उनीहरु दिन रात भन्दैनन् । क्यार्टरमा बस्ने हुनाले उनीहरु रातको समयमा पनि गाउँमा पुगेका हुन्छन् ।
उनीहरुको कामप्रति सेवाग्राहीहरु सन्तुष्ट रहेको बताउँछन् । ‘क’ श्रेणीको पशु सेवा केन्द्रमा अधिकृत स्तरको कार्यालय प्रमुख र दरवन्दी पनि बढि हुने तर त्यस ‘ख’ श्रेणीको सेवा केन्द्रमा सुव्वातहको कार्यालय प्रमुख रहने र दरवन्दी पनि दुई जनाको मात्र हुने उनै कार्यालय प्रमुख पोखरेलले बताइन् ।
कार्यालय समय विहान दश बजेतिर गुल्मीको एक सरकारी कार्यालयमा एक जना पुरुष
आउँछन् र कार्यालय सरसफाई गर्छन् । हाकिमको कुर्ची–टेवुल पुछ्नुको साथै
त्यस टेबुलमा पिउने पानीको व्यवस्था पनि मिलाउँछन् । त्यसको केहि बेरपछि
एउटी महिला आउँछिन् र त्यस कार्यालय प्रमुखको कुर्चीमा विराजमान हुन्छिन् ।
उनी कुर्चीमा बसे लगत्तै ती पुरुष अर्थात कार्यालय सहयोगी उनका अगाडि
आज्ञाकारी मुद्रामा उभिन्छन् र लाई–अह्राएको नियमित काम गर्न थाल्छन् ।

जीवन एउटा नाटक जस्तो पनि लाग्छ र ती दुई जना चलचित्रका पात्र जस्तै पनि लाग्छन् । किनकी उनीहरु पारिवारिक हिसावले श्रीमान–श्रीमती हुन् । जो केहि बेर अघिसम्म घरमा पितृसतात्मक नेपाली संस्कार अनुसार ती कार्यालय सहयोगी पुरुषकी आज्ञाकारी तिनै कार्यालय प्रमुख महिला हुन्छिन् ।
तर, कार्यालय समय १० बजेदेखि पाँच बजेसम्म
त्यसको ठिक विपरित दृश्य देख्न सकिन्छ । त्यो दृश्य हो गुल्मीको
दरवारदेविस्थान पशु सेवा केन्द्र कार्यालयको ।
४९ वर्षीया उजेली पोखरेल त्यस कार्यालयकी
प्रमुख हुन् । जहाँ उनका ५४ वर्षीय श्रीमान गोपालप्रसाद पोखरेल कार्यालय
सहयोगी रहेका छन् । स्थायी दरवन्दीका उनका श्रीमान पोखरेलको जागिर ३१ वर्ष
भयो ।
२०३४ सालमा जिल्ला कृषि विकास कार्यालयमा
अस्थाई नियुक्ती पाएका पोखरेल ४ वर्ष त्यहाँ रहेपछि पशु सेवा कार्यालयमा
स्थायी नियुक्ती पाएका रहेछन् । त्यही क्रममा २०४३ सालमा पशु सेवा
कार्यालयमा पशु स्वास्थ्य प्राविधिकको दरवन्दी खुल्यो ।
सिमीचौरकी उजेलीसँग उनको चिन–जान रहेछ ।
पोखरेलले त्यस वेला हाकिमको क्वार्टरमा खाना बनाउने काम गर्दा रहेछन् ।
उनले उनै हाकिमलाई भनेर उजेलीलाई नियुक्ती दिलाउने काम गरेको बताए ।
उजेलीले एक वर्षसम्म पशु स्वास्थ्य
प्राविधिकको तालिम गरिन् । पोखरेलले जागिरे बनाएपछि उजेली उनीप्रति
प्रभावित भईन् । उनीहरु बीचमा माया–प्रेम बढ्दै गयो र वैवाहिक सम्वन्धमा
समेत बाँधिए ।
अन्ततः सुव्वातहकी उनलाई जिल्ला पशु सेवा
कार्यालयले दरवारदेविस्थान पशु स्वास्थ्य केन्द्रको प्रमुख बनाएर पठायो र
उनका श्रीमानलाई पनि सँगै पठायो ।
एसएलसी पास गरेकी उजेलीले आइएको परिक्षा त
दिइन् तर पास हुन सकिनन् र पढाई छाडिन् । उनका श्रीमानले कक्षा ७ पढेर
छाडेका रहेछन् । हाल रेसुङ्गा नगरपालिका–१४, साविकको सिमिचौर–३ गुल्मीकी
उजेलीको माइत हो भने छिमेकी जिल्ला अर्घखाँचीको छत्रगञ्ज–५ मा उनीहरुको घर
हो । जागिरे बुढाबुढीले सदरमुकाम तम्घासमा पक्की घर बनाएका छन् । एक मात्र
सन्तानका रुपमा उनका छोरा छन् । जो अहिले वैदेशिक रोजगारका लागि कतारमा
कार्यरत छन् ।
त्यस पशु सेवा केन्द्रले दरवारदेविस्थान,
अमरअर्वाथोक, विरवास, गैंडाकोट र साविकको दुविचौर गाविस हेर्ने गर्दछ । ती
गाविसहरुमा उनीहरु दुवै जना पुग्ने गर्दछन् । उजेली भन्छिन्– ‘पशु
स्वास्थ्यमा म भन्दा पुरानो र अनुभवी भएकोले मैलेभन्दा बढि काम उनले नै
गर्नुहुन्छ, कार्यालय सहयोगी भनेर के गर्ने ?’ उनले थपिन– ‘उनकै प्रयासले
यहाँसम्म आइपुगेकी हुँ, तर पनि कार्यालयको सिस्टम अनुसार त चल्नै प¥यो नि
!’
उनका श्रीमान पोखरेल भन्छन्– ‘कार्यालय
समय अवधीभर म्याडम, ज्यू–हजुर सम्बोधन गर्ने गर्दछु र उनले लगाएको काम
गर्दछु । कार्यालय समय सकिएपछि घरयासी बोली–भाषा र व्यवहार सुरु हुन्छ ।’
उनले त्यसो भनिरहँदा कार्यालय प्रमुखको कुर्चीमा बसेकी उजेली खित्का छाडेर
हाँसिन् । सरकारी क्वार्टरमै बस्ने गरेका उनीहरु कार्यालय समय सकिएपछि
श्रीमान पोखरेल विस्तारामा आराम गर्न थाल्छन् श्रीमती पोखरेल खाना पकाउने,
भाँडा माझ्ने र कपडा धुनेलगायतको काममा व्यस्त हुने गरेको बताउँछिन् ।
अहिले श्रीमान पोखरेलको तलब १८ हजार
पुगेको छ भने कार्यालय प्रमुख श्रीमतीको २२ हजार पुगेको छ । कार्यालय
सहयोगी पोखरेलको पेन्सन निक्लने वेला भईसके पनि उमेर हदले दिएसम्म जागिर
खान चाहन्छन् । श्रीमती पनि त्यही चाहन्छिन् । स्थानीयवासीका अनुसार गाउँमा
पशु उपचारका लागि उनीहरु दिन रात भन्दैनन् । क्यार्टरमा बस्ने हुनाले
उनीहरु रातको समयमा पनि गाउँमा पुगेका हुन्छन् ।
उनीहरुको कामप्रति सेवाग्राहीहरु सन्तुष्ट
रहेको बताउँछन् । ‘क’ श्रेणीको पशु सेवा केन्द्रमा अधिकृत स्तरको कार्यालय
प्रमुख र दरवन्दी पनि बढि हुने तर त्यस ‘ख’ श्रेणीको सेवा केन्द्रमा
सुव्वातहको कार्यालय प्रमुख रहने र दरवन्दी पनि दुई जनाको मात्र हुने उनै
कार्यालय प्रमुख पोखरेलले बताइन् ।
- See more at: http://www.ratopati.com/news/43499/#sthash.elL8A219.dpuf