Friday, 4 March 2016

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती




काठमाडौं–हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को नयाँ रुप सार्वजनिक भएको छ । सर्ट मूभि ‘ज्योती’ मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो । बालमैत्री समाजको महत्व र आवश्यकता औँल्याउने सर्ट मूभि ‘ज्योती’कोे अहिले देशकै पहिलो बालमैत्री नगरपालिकाको रुपमा चिनिएको नवलपरासीको सुनवल नगरपालिकामा छायांकन भइरहेको छ ।

भविष्यमा देश हाँक्ने मेरुदण्ड बालबालिकालाई समाजका हरेक काममा सहभागि गराउनुपर्नेमा यस चलचित्रले जोड दिने निर्देशक सिताराम कट्टेलले बताएका छन् । बालमैत्री समाजले देश विकासमा ठूलो टेवा पुग्ने भएकाले त्यसका लागि जनचेतना जगाउनका लागि सर्ट मूभि ‘ज्योती’ निर्माण गरिएको उनको भनाई छ । साना बालबालिकालाई नपत्याउने र नेतृत्व गर्नका लागि केस पाक्नैपर्छ भन्ने मानसिकता परिर्वतनमा ‘ज्योती’ले सहयोग गर्ने उनीहरुको विश्वास छ । चलचित्रले दर्शकलाई हँसाउनुको साथै कतिपय ठाउँमा रुवाउने खालको कथा रहेको सुन्तलीले बताएकी छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us