Wednesday, 9 March 2016

१५ वर्षीया किशोरीलाई बलात्कार गरी जिउँदै जलाइयो

नयाँ दिल्ली । भारतकी एकजना १६ वर्षिया युवती यौनहिंसाको अर्काे शिकार भएकी छिन् । भारतमा हुने गरेको यस्तो हिंसाको उनी पछिल्लो शिकार हुन् ।

भारतको मध्यप्रदेशकी १६ वर्षीया युवतीलाई बलात्कार गरी आगो समेत लगाइएको थियो । उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान निधन भएको छ ।

उनी आफ्नै घरको छतमा बलात्कृत भएकी थिइन् । त्यसपछि उनलाई आगो लगाएर हत्याको प्रयास गरिएको थियो ।

गत सोमबार बलात्कृत भएकी उनको शरीको ९० प्रतिशत अंग जलेको चिकित्सकले बताएका थिए । बताइएअनुसार ती युवतीको बुधबार बिहान मृत्यु भएको हो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भनेका छन्– दुर्भाग्यबस् हामीले उनलाई बचाउन सकेनौँ, बुधबार बिहान अस्पतलामा नै उनको ज्यान गएको छ ।

अभियुक्तमध्येका एकजना १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । उसलाई थुनामा राखेर अनुसन्धान सुरु गरिएको ती अधिकारीको भनाई छ ।

त्यस बलात्कारमा अरु युवाको पनि सम्लग्नता हुनसक्ने अनुमान गरिएको छ । तर यथार्थ भने पत्ता लागेको छैन ।

यसमा के कति कारण छ र अरु पनि को कसको सम्लग्नता छ भनेर खोजी जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

सन् २०१४ को डिसेम्बर महिनामा एकजना मेडिकल विद्यार्थीमाथि सामुहिक बलात्कार भएको थियो । त्यसमा सम्लग्नहरु सबैजनालाई कडा कारबाही भइसकेको छ ।

त्यस घटना भारतमा हुने गरेको यौन हिंसाको पराकाष्ठाका रुपमा विश्वव्यापी विरोध भएको थियो । त्यसयता भारतमा भएका यस्ता बलात्कारका घटनामा सम्लग्नलाई कडा कारबाही गर्ने गरिएको छ ।

दुई वर्षअघिको उक्त घटनापछि भारतमा यस्तो कुकर्ममा सम्लग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्ने गरी कानुन ल्याइएको छ । रासस/एएफपी

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us