
नेपालीमा एउटा उखान छ ‘बाँदरको हातमा नरिवल’ । बाँदरले कहिल्यै आफ्नो घर पनि बनाउँदैन अरुको पनि घर बनाउँन दिदैन । यो उखान केवल उखान मात्र हैन । समय समयमा यसको व्यवहारीक प्रयोग समेत हुने गरेको छ ।
आज उखान चरितार्थ भएको छ । आइतबारबाट महानगर यातायातका ३९ वटा गाडी उपत्यकामा सञ्चालनमा आए । सञ्चालनमा आएको दोस्रो दिनमा नै गाडीमा ढुंगा प्रहार गरि झयालको सिसा फोडिएको छ । सोमबार बा ४ ख १०६ नम्बरको बसमा बल्खु चोकमा ढुंगा प्रहार भएको छ ।
मध्यदिनमा बसमा ढुंगा प्रहार कसले गर्यो भन्ने विषयमा प्रहरी समेत अन्योलमा परेको छ । बसमा ढुंगाप्रहार गरिएपनि यात्रुहरुलाई भने कुनै असर गरेको छै्रन् । स्रोतका अनुसार रिङरोडमा बस तथा माइक्रोबस सञ्चालमा ल्याइरहेकाहरुको समूहले ढुंगा प्रहार गरेको हुन सक्ने जानकारी गराएको छ । निकै व्यस्त मानिने बल्खु चोकमा भएको बस आक्रमणका आक्रमणकारीलाई प्रहरीले खोजी जारी राखेको बताएको छ ।