
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा संस्थापनको उम्मेदवार बनेका कार्यबाहक सभापति रामचन्द्र पौडेल सभापतिमा पराजित भएका छन् ।
सोमबार राति सम्पन्न मतगणनामा पौडेल वरिष्ठ नेता शेरबहादुर देउवासँग ५२६ मतको भारी अन्तरले पराजित भएका हुन् ।
पार्टीको सर्वाेच्च पद सभापतिमा हारेपछि पौडेलको अब अगाडिको बाटोमा पूर्ण विराम नै लागेको छ । हारसँगै राजनीतिक यात्रा चौपट भएपछि पौडेललाई मनभरी पीडा बोकेर राति नै धुरुधुरु रोएको उनी निकटस्थ स्रोत जनाएको छ ।
‘हारलगत्तै रामचन्द्र दाई कालोनिलो हुनुभयो । आँसु नै खसाल्नुभयो,’ स्रोतले भन्यो- ‘पहिलो चरण नभई दुई–दुई चरणको निर्वाचनबाट पनि परिणाम आफ्नो पक्षमा नआउँदा निकै तनावमा पर्नुभएको छ । वर्षाेदेखिको मेहनत क्षणभरमै खेर गयो ।’
पौडेलको पराजयले संस्थापन पक्षका नेताहरु पनि निराश बनेका छन् । यसअघि पौडेल १७ पटक प्रधानमन्त्री पदमा पनि पराजित भइसकेको बताइन्छ ।
पाली कांग्रेसको १३ औं महाधिवेशनमा संस्थापनको उम्मेदवार बनेका कार्यबाहक सभापति रामचन्द्र पौडेल सभापतिमा पराजित भएका छन् ।