Saturday, 12 March 2016

पति विदेशमा, पत्नी ‘चक्कर’मा

छब्बीस वर्षीया कल्पनाको बिहे सात वर्षअघि दक्षिणी गाउँ भेड्पुका एक युवकसँग भयो । उनले छोरो जन्माइन् । सासूससुराले आत्मविश्वाससहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार पनि दिए । जिन्दगी राम्रैसँग चल्दै थियो । परिवार चलाउने धौधौ परेपछि घरसल्लाहमै एक वर्षअघि पति विदेसिए । त्यसको दुई महिना नबित्दै उनले आफ्नो जीवनमा नयाँ पूरुषलाई प्रवेश दिइन् । र पति नफर्कदै सम्पत्ति लुटपुट्याएर उसैसँग भागिन् ।
भीमेश्वर– ३ की २१ वर्षीया एक महिला पति विदेसिएको महिनादिनमै परपुरुषसँग सल्किइन् । विदेशबाट पतिले पठाएको पैसा र सासूससुराको सम्पत्ति गुटमुट्याएर प्रेमीसँग भागिन् । यी दुई प्रतिनिधि घटना मात्रै हुन् । विदेशीने युवाको संख्या जसरी बढ्दै छ, त्यसैगरी पतिलाई नांगेझार पारेर पत्नीहरु भाग्ने संख्या पनि उस्तै छ । नागरिक दैनिकबाट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us