Saturday, 19 March 2016

बेलायती राजकुमार ह्यारीले भने, ‘तपाईहरुको देशलाई हामीले विश्वको विशेष स्थानमा राखेका छौं’


म यहाँ आउन पाउँदा उत्साहित छु, मलाई गत वर्ष महारानीका तर्फबाट नेपाल–ब्रिटेन सम्बन्धको दुई सय वर्ष पुगेको अवसर मनाउन जान भनिएको थियो । म अहिले आउन पाउँदा गौरवान्वित भएको  छु  । टेलिभिजन र किताबमा नेपालको सुन्दर तस्बिर देखेको थिएँ । हामीले तपाईहरुको देशलाई विश्वको विशेष स्थानका रुपमा राखेका छौं ।

यसअघि मेरा पिता चाल्र्स र स्वर्गीय आमा राजकुमारी डायनाले नेपाल भ्रमण गर्नुभएको थियो । तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेर विश्वको ध्यान तानिरहेको बिहान मेरो हजुरआमाको राज्यरोहण भएको थियो । जसले ठूलो प्रशंसा पाएको थियो । नेपालको सौन्दर्यसँग पहिलो पटक साक्षात्कार गर्न पाएको उल्लेख गर्दै राजकुमार हेनरीले भने, धेरै बेलायती झैँ म पनि पुस्तक र टेलिभिजनका पर्दामा नेपालका सुन्दर चित्रहरु हेरेर हुर्किएँ, मलाई विश्वास छ तपार्इंहरुले सधैँ सुन्नुभएको छ विश्वका धेरै मानिसको कल्पनामा नेपालले विशेष स्थान ओगटेको छ। नयाँ पत्रिकाबाट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us