Sunday, 6 March 2016

जन्मेपछि मृत्यु निश्चित भन्दै कोरियामै आत्महत्या

सोलः रोजगारीका लागि दक्षिण कोरिया रहेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । गुल्मीको अर्खले गाविस स्थायी घर भएका विजय केसीले झुन्डिएर आत्महत्या गरेका हुन् । छल्लादो ख्वान्गन्जुस्थित सोछ्नदोंगमा कार्यरत केसीको शव शनिबार अपरान्ह झुन्डिएको अवस्थामा भेटिएको हो । २०१४ मे मा कोरिया आएका केसीले पुराना कपडा जम्मा गरि कपडाको प्रकृति छुट्टाउने कम्पनीमा कार्यरत थिए । मृतक केसीले तीन पेज लामो सुसाइड नोट लेखि छोडेको घटनास्थल पुगेका झापाका श्री खनालले जानकारी गराए । २४ वर्षीय केसीले सुसाइड नोटमा साथीहरुलाई सम्बोधन गर्दै आफू शारीरिकरुपमा कमजोर भइ स्वास्थ्य अनुकुल नभएको उल्लेख गरेका थिए । सुसाइड नोटमा उनले परिवारलाई सान्त्वना दिदै जन्मेपछि मृत्य अवश्य हुने पनि लेखेका थिए । स्थायी घर गुल्मी भएको केसीको परिवार हाल बुटवल बस्दै आएका छन् । मृतकका दाजु पनि कोरियामै कार्यरत छन । सोलस्थित श्रम सहचारी अनिल गुरुङले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताए ।अन्नपूर्णा पोस्ट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us