Sunday, 13 March 2016

भगवान हनुमानलाई अदालतमा उपस्थित हुन आदेश

केही वर्षअघि एक अमेरिकी सिनेटरले भगवानमाथि मुद्दा दायर गरेका थिए । उनले ‘मृत्यु, ध्वंस र आतंकवाद’जस्ता ‘उनको गतिविधिहरु’का लागि अदालतबाट स्थायी निषेधाज्ञा जारी गर्न माग गरेका थिए ।
न्यायाधीशले भगवानको कुनै सही ठाउँठेगाना नहुने र कानुनी कागज पठाउन नसकिने भन्दै मुद्दा खारेज गरेका थिए ।
नेपाल भारतजस्ता मुलुकमा कयौ हिन्दू श्रद्धालु देवी–देवताहरुसँग नजिकको सम्बन्ध रहेको मान्दछन् । र, त्यसैलाई ध्यानमा राख्दै भारतीय न्यायिक व्यवस्थामा त्यसलाई कानुनी मान्यता दिइएको छ। त्यसैले कयौपटक यो विषयलाई अदालतसम्म ल्याइने गर्दछ ।
फेब्रुअरीमा बिहारको एउटा अदालतले अनुमानलाई ‘सरकारी जग्गा अतिक्रमण गरेको’ आरोपमा अदालतमा उपस्थित हुन आदेश जारी गरेको घटना सार्वजनिक भएको छ।
अदालतले यो निर्णय त्यतिबेला लियो जतिबेला एक सरकारी विभागले मजिस्ट्रेटबाट अनुमान मन्दिरले ट्राफिक अवरोध गरेको उजुरी ग¥यो । अदालतको आदेश अदालतका कर्मचारीहरुले पनि हनुमानकै प्रतिमामा टाँसी दिए । पछि अधिकारीहरुले लाज मान्दै भने–यो लिपकीय भूल (क्लेरिकल एरर) थियो । यो आदेश न मन्दिर प्रबन्धनका लागि थियो न त भगवानकै लागि ।
त्यसपछि उनीहरुले अनुमानको प्रतिमामा टाँसिएको आदेश अटाए ।
एक वकिलले हालै हिन्दूहरुको भगवान रामलाई ‘आफ्नी श्रीमती सीताका साथ अन्याय’ गरेको भन्दै अदालतमा मुद्दा हाले ।
हिन्दूधर्म पालन गर्ने चन्दनकुमार सिंहका अनुसार करोडौ हिन्दूझै उनी पनि रामको पुजा गर्दछन् । तर, यो विषय पनि छुटाउनु हुन्न कि रामले सीताविरुद्ध नराम्रो व्यवहार गरे । न्यायाधीशले मुद्दा खारेज गर्दै यसलाई अव्यवहारिक भने । चन्दनका साथी वकिलहरुले उनीमाथि ‘सस्तो लोकप्रियता’ कमाउन खोजेको आरोप लगाए । उनकै एक साथीले त चन्दनमाथि मानहानीको मुद्दासमेत लगाए ।
तैपनि चन्दनकुमारले बीबीसीसँगको कुराकानीमा भने–सबै हिन्दूहरुले रामले सीताविरुद्ध अन्याय गरेको मान्नुपर्छ ।
डिसेम्बर २००७ मा सम्पत्ति सम्बन्धी एउटा विवाद सुल्झाउनका लागि अदालतले राम र हनुमानविरुद्ध आदेश दिएको थियो । भारतकै झारखण्डको एउटा अदालतको आदेश पत्रिकामा विज्ञापनका रुपमा प्रकाशन गर्दै भगवान स्वयमलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
खबरअनुसार योभन्दा पहिला दुईपटक भगवानलाई पठाइएको आदेश ‘अपर्याप्त’ ठेगानाका कारण फिर्ता आएको थियो ।
यो विवाद धनवादको १.४ हेकडको एउटा प्लटको जग्गाधनीका विषयमा थियो । जहाँ राम र अनुमानको दुई वटा मन्दिर थिए ।
स्थानीयका अनुसार उक्त जमिन भगवानकै हो । तर, पुजारीले जग्गा आफ्नो भएको दावी गरेका थिए ।
सन् २०१० मा भारतकै मुम्बईस्थित एक अदालतले भगवानले स्टक मार्केटमा पैसा लगानी गर्न नसक्ने आदेश जारी गरेको थियो । अदालतले एउटा धार्मिक ट्रस्टको याचिका खारेज गर्दै गणेशसहित पाँच भगवानको नाममा ट्रेडिङ एकान्ट खोल्न चाहन्थ्यो ।
भारतकै महाराष्ट्रको सांगलीका पूर्व राजपरिवारको स्वामित्व रहेको ट्रस्टका अनुसार भगवानको बैंक बचत खाता छ, आयकर कार्ड छ तैपनि न्यायाधीशले मानेनन् । न्यायाधीशका अनुसार शेयर र स्टक मार्केटमा विशेष प्रकारको योग्यता र विशेषता आवश्यक हुन्छ, देवताबाट त्यसको आशा गर्नु उपयुक्त होइन ।
न्यायाधीशले भने–देवीदेवता पुजाका लागि हुन् । उनीहरुलाई शेयर ट्रेडिङजस्ता व्यवसायिक गतिविधिमा संलग्न गराउन हुन्न । बीबीसी हिन्दी

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us