Monday, 14 March 2016

‘धुर्मुस-सुन्तली’ विना नै सुरु भयो ‘मेरी बास्सै’


लामो समयदेखि बन्द भएको चर्चित हाँस्य सिरियल ‘मेरी बास्सै’को छायांकन फेरि सुरु भएको छ । रकम विवादका कारण केही महिनादेखि यो सिरियलको प्रशारण बन्द भएको थियो ।
 तर, यसपटक छायांकन सेटमा यो सिरियलका जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे छैनन् । यसको निर्माण कम्पनी मिडिया हबसँग लफडा भएपछि सितारामले ‘मेरी बास्सै’को छायांकन बन्द गरेका थिए ।

 मिडिया हबका कर्मचारी मनराज श्रेष्ठले सिरियलको निर्देशन गर्नेछन् । आजबाट छायांकन सुरु भएको सिरियल मंगलबार बेलुकी ८ बजे नेपाल टेलिभिजिनको समाचारपछि प्रशारण हुनेछ । मनराजले अब निरन्तर सिरियल प्रशारण हुने बताएका छन् ।

यो सिरियलमा अब सिताराम र कुञ्जनाले काम गर्ने नगर्ने बारेमा आधिकारीक धारणा सार्वजनिक गरिसकेका छैनन् । तर आफुले निर्देशन गर्दै आएको सिरियल अरुले निर्देशन गर्ने भएपछि ‘धुर्मुस’ले काम नगर्ने सम्भावना पनि बढेर गएको अनुमान लगाउन सकिन्छ ।
 ‘धुर्मुस’ले निर्देशन गर्दै आएको सिरियलका निर्देशक समेत परिवर्तन गरेर मिडिया हबले शो ल्याउन लागेको छ । ‘मेरी बास्सै’का पुराना कलाकार ज्योती काफ्ले सहित थुप्रै परिचित अनुहार देखिने मनराजको भनाई छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us