Friday, 11 March 2016

फाइभस्टार छाडेर स्थानीयको घरमा बस्दै राजकुमार ह्यारी

नेपाल भ्रमणमा आउन लागेका बेलायती राजकुमार ह्यारी फाइभ स्टार होटल छाडेर स्थानीयको घरमा बस्ने भएका छन् । ३१ वर्षीय राजकुमार पोखरा भ्रमणको दौरान स्थानीयको घरमा बस्ने भएका हुन् ।

मार्च १९ देखि २३ सम्म नेपाल रहने ह्यारी यस क्रममा पोखरामा रहेको गोर्खा सैनिकहरुको क्याम्प जानेछन् । उनी त्यहाँ गोर्खा परिवारसँगै बस्ने ह्यारीका प्रवक्ताले बताएका छन् ।
अफगानिस्तानमा गोर्खा सैनिकसँगै काम गर्दा प्रभावित बनेका ह्यारी गोर्खा सैनिकहरुलाई नजिकबाट बुझ्नका लागि होटल नभएर गोर्खा सैनिक परिवारसँगै बस्न लागेको बताइएको छ ।
नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाट बाहेक उनले ट्रेकिङ देखि खौराहा खोलामा र्याफ्टीङदेखि बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेछन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us