काठमाडौं उपत्यकामा आजदेखि सुविधासम्पन्न मेट्रो बस चल्ने भएका छन्।
१६ करोडको लगानीमा महानगर यातायात प्रालिले ३९ वटा बस आजदेखि संचालनमा ल्याउन लागेको हो ।
काठमाडौंको बनस्थलीमा दिउँसो २ बजे विशेष कार्यक्रम गरी बस संचालनको सुरुआत गरिने महानगर यातायात प्रालिका सन्तोष खतिवडालेजानकारी दिए।
बस चलेपछि उपत्यकामा भद्रगोल ट्राफिक व्यवस्थापनमा केही सहज हुने अनुमान गरिएको छ। बसले चक्रपथ परिक्रमा गर्ने छ ।
लोकेसन ट्रयाकिङ सिष्टम सहितको मोबाइल एप्स पनि आजैबाट संचालनमा ल्याउने व्यवसायीहरुले बताएका छन् । जुन एप्सबाट यात्रुहरुले आफू बसेको स्थानबाट नजिकैको दुरीमा रहेको बस र यात्रुको संख्याबारे समेत जानकारी लिन सक्छन् ।
बस चढ्नका लागि कुर्न नपर्ने र एप्स हेरेर बस अाउने समय पत्ता लगाएर बस स्टपमा जान सकिने महानगर यातायात प्रालिले जनाएको छ।
बसमा उपलब्ध निशुल्क वाइफाइ तथा टेलिभिजनको सुविधा छ ।