
सुरक्षा निकाय सर्वसाधारणको सुरक्षाका लागि खटिएका हुन्छन् । तर सर्वसाधारणको सुरक्षमा खटिएका तीनै सुरक्षा निकायका ब्यक्ति आपसमा भीडन्त गर्छन् भने उनीहरुलाई कसले रोक्ने ?
शनिबार साझ दाङको घोराही महोत्सवमा यस्तै दृश्य देखियो । सुरक्षामा खडिएका यी दुई निकायबीच झडप हुँदा प्रहरी हवल्दार चन्द्रलाल गिरी गम्भीर घाइते भए ।
झगडाको कारण के त ?
साझपक महोत्वसको माहोल थियो । गायक खुमन अधिकारी स्टेजमा गित गाउँदै थिए । शिविल ड्रेसमा रहेका जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत हवल्दार गिरी कम्मर मर्काउँदै नाचिरहेका थिए । सोही क्रममा उनलाई सुरक्षामा खटिएको सशस्त्र प्रहरीले धक्का दियो । त्यसपछि दुबै पक्षबीच हानाहान सुरु भयो ।
यसरी सुरक्षा दुई निकायबीच नै हानाहान भएपछि खुमनको गितमा रमेका दर्शक एक्कसी भागाभाग गर्न थाले ।
यस विषयलाई लिएर निकै चर्चा भएको छ । सशस्त्र प्रहरीले गिरी नाच्ने क्रममा डोरीभित्र पस्न लाग्दा उनलाई रोक्न खोजिएको बताएको छ ।
प्रत्यक्षदर्शीका अनुसार सशस्त्रले हात हालेपछि गिरी निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । शिविल ड्रेसमा रहेका उनले सुरक्षामा रहेका प्रहरमिाथि हात हालेका थिए । त्यसपछि त्यहाँको माहोल एकाएक तनावपूर्ण भएको थियो ।