Tuesday, 8 March 2016

बाबुरामले भने, ‘मेरो र नयाँ शक्तिको आलोचना गर्नेहरु बिरामी हुन्’

नयाँशक्ति अभियानका संयोजक बाबुराम भट्टराईले ‘अस्वस्थ’ मानिसहरुले व्यक्तिगत रुपमा आफ्नो र आफ्नो अभियानप्रति आलोचना गरिरहेको टिप्पणी गरेका छन् ।

नयाँशक्ति अभियान नुवाकोटले मंगलबार विदुरमा गरेको कार्यक्रममा भट्टराईले कसैको आलोचनाले अभियान नरोकिने बताए ।

माक्र्सवादलाई कर्मकाण्डीका रुपमा बुझेका ‘जनैधारी’ माओवादीले आफ्नो आलोचना गरिरहरेको भन्दै उनले आलोचनाको प्रतिवादमा समय खर्चने मनस्थितिमा नरहेको बताए ।

‘गन्तव्यमा हिंडेको मानिसले बाटोमा कुकुर भुक्यो भने कुकुरलाई ढुंगा हानेर बस्ने होइन’, उनले भने, ‘भुक्ने कुकुरलाई ढुंगा हान्न थालियो भने गन्तव्यमा पुग्न सकिँदैन ।’

भट्टराईले नयाँशक्ति माक्र्सवादलाई पूजा गर्ने, कर्मकाण्डी बनाउने र भत्र्सना गर्ने काममा नलाग्ने पनि प्रष्ट्याए । माक्र्सवादको सबै कुरा भन्दा पनि द्वन्द्ववाद र भौतिकवादलाई समातेर अघि बढ्न चाहेको उनको भनाइ थियो kathmandutoday

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us