Friday, 25 March 2016

काठमाडौंबाट एकाएक हराएका राजकुमार ह्यारी लापुमा ढुङ्गा र काठ बोक्दै भेटिए

औपचारिक नेपाल भ्रमण सकेर केही दिन भूकम्पपीडितको सहयोगमा जुट्ने घोषणा गर्नुभएका बेलायती राजकुमार ह्यारी उत्तरी गोरखाको लापु गाविस–३ स्थित प्रभातकिरण माविको भवन निर्माणमा जुट्नुभएको छ ।

बिहीबार साँझ लापु आइपुग्नुभएका उहाँले आज बिहानदेखि अपराह्नसम्म स्थानीय बासिन्दासँग मिलेर ढुङ्गा र काठ बोक्ने काम गर्नुभयो ।

बेलायतको परोपकारी संस्था टिम रुबिकनले निर्माण गरिरहेको सो विद्यालय भवन ११ कोठाको हुनेछ ।

राजकुमार ह्यारीको टोलीमा १७ बेलायती र तीन नेपाली छन् । सो विद्यालय भूकम्पले भत्काएको विद्यालय हो । ह्यारी अझै केही दिन यहीँ बस्ने बताइएको छ । रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us