
त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागबाट स्नाकोत्तर तथा जापानको यामानाशी विश्वविद्यालयबाट बिद्याबारिधी सकेर हाल जापानमै अनुसन्धानमा सक्रिय नेपाली वैज्ञानिक डा. अम्बादत्त पन्तलाई सोसाईटी अफ मियोन एण्ड मेजोन साईन्स जापानले उत्कृष्ट वैज्ञानिकको उपाधि दिएको हो ।
पन्तले रगतमा रहेको होमोग्लोबिन र पानीको मिश्रणमा भौतिक बस्तुको प्रयोग गरेर अक्सिजनको अवस्था नाप्न सफल हुने विषयमा अनुसन्धान गरेका थिए ।
यो प्रविधिबाट मानिसमा लाग्ने क्यान्सर समयमै पत्ता लगाउने नयाँ प्रविधिको विकासमा सहयोग पुर्याउने बताइएको छ ।
सन् २०१५ मा सोसाईटी अफ मियोन एण्ड मेजोन साईन्समा विश्वभरिका वैज्ञानिकहरुले तयार गरेको सोधका आधारमा पन्तलाई यो वर्षको उत्कष्ट शोधकर्ता उपाधि दिइएको हो ।
यो विषयमा जापानभरका ४५ वढी विश्वविद्यालयका विद्यार्थीहरु सहभागी थिए । जापानको सेन्दाईमा आयोजित एक कार्यक्रमबीच पन्तलाई उत्कृष्ट उपाधि प्रदान गरिएको थियो ।
बैतडीको सिद्धपुर गाविस घर भई हाल जापानस्थित ईवाराकी राज्यमाको विश्वविद्यालयमा अनुसन्धारत वैज्ञानिक पन्तलाई यसअघि पनि त्कृष्ट अनुसन्धान गरेवापत दुईवटा पुरस्कार दिइएको थियो ।
विश्वभरका विश्वविद्यालयमध्ये जापानका ४५ वढी विश्वविद्यालयका विद्यार्थीहरु सहभागी शोधमा पन्तलाई उनको विषय र शोधमा गरेको गहन अध्ययनलाई आधार मानेर उत्कृष्ट उपाधि दिइएको हो ।
पुरस्कार पाएपछि डा पन्तले विश्वमा वैज्ञानिकहरुले गरेका अनुसन्धानमध्ये आफनो अनुसन्धानलाई उत्कृष्ट ठहर्याएकोमा खुसी व्यक्त गरे ।