

नेपाल भ्रमणमा रहनु भएका बेलायतका राजकुमार यहाँस्थित भीरकुना गैरा–४ आइपुग्नुभएको छ ।#HarryinNepal is enjoying a cultural show, wearing a "feta" which traditionally recognises the head of the village pic.twitter.com/XEttXoL8iB
— Kensington Palace (@KensingtonRoyal) March 21, 2016
उहाँलाई स्थानीय गुरुङ समुदायले परम्परागत तबरले स्वागत गरेका थिए । सेतो टीका लगाइदिएर राजकुमार ह्यारीको स्वागत गरिएको थियो ।
उहाँले विनासशकारी भूकम्पले क्षति पु¥याएको भूतपूर्व ब्रिटिश गोर्खाका घर र त्यहाँ रहेका आफन्तहरुसँग जानकारी लिनुभएको थियो ।
नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार लमजुङको भीरकुनामा भब्य स्वागत भएको छ । उहाँलाई स्थानीय गुरुङ समुदायले परम्परागत तबरलेसेतो टीका लगाइदिएर स्वागत गरेका थिए । गुरुङ समुदायले आफ्नौ मौलिक गीत पनि प्रस्तुत गरेका थिए । दुई वटी बालिका नाचिरहँदा ह्यारीले सहभागीसँगै ताली बजाउनुभएको थियो । हयारी भूतपूर्व गौर्खा सैनिककी विधवा मंगली गुरुङको घरमा बस्नु भएको छ ।
जहाँ उहाँले दाल, भात, तरकारी, ढिंडो र लोकल भाले खुवाइएको छ । उहाँले भूकम्पले क्षति गरेका भूतपूर्व ब्रिटिश गोर्खाका घर र त्यहाँ रहेका आफन्तहरुसँग कुराकानी गर्नुभएको छ । यस्तै उहाँले भीरकुनाको डाँडामा पुगेर सूर्यास्त पनि अवलोकन गर्नुभएको छ ।