काठमाडौं,चैत १ । नेपाली काँग्रेसका नेता डा शेखर कोईराला बिरामी परेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि कोइराला नर्भिक अस्पतालमा भर्ना भएका हुन् । चुनावको वेला दौडधुप धेरै हुँदा कमजोर भएका आशंका गरिएको छ । राती दुई बजेबाट उनलाई अचानक पेटमा दुखाई वढ्दै गएपछि राती नै अस्पताल लगिएको थियो। नर्भिकमा डा शेखरको डा मधु घिमिरेले उपचार गरिरहेका छन्। अस्पतालमा शेखरलाई भेटन पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला सुजाता कोइराला लगायतका नेताहरु पुगेका छन्। नेपाली काँग्रेसको केन्द्रीय सदस्य खुल्ला पदमा सबैभन्दा बढी मत ल्याएर जित्ने लगभग पक्का पक्की भैसकेको छ ।